कारोनाः २८ हजार नाघ्यो संक्रमण, मृत्यु हुनेको संख्या ११४

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा एकै पटक कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा पहिलो पटक ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित संख्या हो ।

मंंगलवार सम्म नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु भएको छ । १७ हजार ५८० जना संक्रमित निको भएर घर फर्र्किएका छन् । अहिलेपनि १० हजार ५६३ जना आइसोलेसनमा छन् । उनीहरुमध्ये ११८ जना आईसीयूमा छन् भने ६ जना भेल्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया