राष्ट्रपति रामचन्द्र पौडेल ले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले जानकारी दिनुभयो ।











