नेपाल नागरिक उड्डयन प्राधिकरण ले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा आइकाओको मापदण्डअनुसार पूर्णस्तरको आपतकालीन नमूना उद्धार अभ्यास सम्पन्न गरेको छ। विमानस्थलको आपतकालीन योजनाअनुसार गरिएको उक्त अभ्यासमा दुर्घटनाग्रस्त जहाजको परिकल्पना गरी घाइतेहरूको खोज तथा उद्धार, प्राथमिक उपचार र सुरक्षित स्थानमा स्थानान्तरण जस्ता गतिविधि प्रदर्शन गरिएको थियो।
अभ्यासमा सुरक्षाकर्मी, दमकल, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य गरिएको जनाइएको छ। यस्ता अभ्यासले वास्तविक विपद्को अवस्थामा छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया दिन क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।














