महाधिबेशन गर्दै अवधी पत्रकार संघ


अवधी पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिबेशन गरिने भएको छ । आगामी तीन महिनाभित्रै महाधिवेशनसँगै १४ आंै साधारण सभासमेत आयोजनाको तयारी शुरु गरिएको संघले जनाएको छ ।


संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिबेशनको तयारीका लागि नयाँ सदस्यता आबेदन र सदस्यता नविकरणका लागि सर्कुलर जारी गरेको हो । ‘ढिलोमा असोजसम्म महाधिवेशन गरिसक्ने योजना हो,’ बैठकपछि दैनिक नेपालगन्जसँग कुरा गर्दै अध्यक्ष मिश्रले भने, ‘सम्भवतः नेपालगन्जमैं भव्य रुपमा महाधिवेशन गरिनेछ ।’


काठमाडौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्ला शाखामा रहेका सम्पुर्ण सदस्यहरुको नविकरण र नया सदस्यताका लागि आबेदन खुल्ला गरिएको बैठकले निर्णय गरेको छ ।


बैठकले संघको प्रशासनिक कार्यालयको दैनिक कार्य सञ्चालनका लागि संघका सदस्य भिष्म लोधलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले अवधी समुदायका अगुवा चित्रकार आशाराम मौर्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया