बाँकेमा एसईई २०८२ को नतिजा उत्साहजनक, ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाँके जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा उत्साहजनक देखिएको छ । जिल्लामा परीक्षामा सहभागी विद्यार्थीमध्ये ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नेपालगञ्जका प्रमुख धनसुधन चौलागाईं का अनुसार परीक्षामा सहभागी ६ हजार ६६ विद्यार्थी उत्तीर्ण भएका छन् भने १ हजार ९ सय १६ विद्यार्थीको नतिजा ‘एनजी’ आएको छ ।

गत वर्ष एसईईमा बाँके जिल्लाको उत्तीर्ण प्रतिशत ६१ रहेको थियो । यस वर्षको नतिजाले जिल्लाको शैक्षिक अवस्था सुधारतर्फ उन्मुख रहेको संकेत गरेको शिक्षा क्षेत्रका सरोकारवालाहरूले बताएका छन् ।

विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीको मेहनतका कारण यस वर्ष नतिजामा उल्लेखनीय सुधार आएको विश्वास गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउन विद्यालयस्तरमा थप शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया