रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो । पार्टीका नेता गणेश पराजुली ले बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि पार्टी सभापति रवि लामिछाने ले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । तर केन्द्रीय समितिले छलफलपछि एक दिन पछि सार्दै नयाँ मिति तय गरेको हो ।

महाधिवेशन तथा समसामयिक राजनीतिक एजेण्डामाथि छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको थियो ।

यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सो निर्णयअनुसार भदौ महिनाभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया