दाङमा फोर्स गाडी दुर्घटना, चार जना घाइते

दाङको देउखुरी क्षेत्रमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदै गरेको लु. २ ख. ६०२९ नम्बरको फोर्स गाडी महेन्द्र राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४, मौरीघाट मा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहरा का अनुसार आइतबार बिहान करिब सवा १० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी चार जना सामान्य घाइते भएका छन्।

घाइतेहरूको भालुबाङ अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ। हालसम्म घाइतेहरूको पहिचान खुल्न नसकेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया

प्रतिक्रिया