नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय सङ्गठनहरूको जिम्मेवारी टुङ्गो लगाएको छ। भर्खर सम्पन्न पार्टीको संयोजन समितिको बैठकले ३२ वटा जनवर्गीय समितिका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी निर्धारण गरेको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल ले शनिबार हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी)–३ अनुसार विभिन्न जनवर्गीय सङ्गठनमा जिम्मेवारी बाँडफाँट गरिएको हो।

निर्देशनअनुसार अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी तथा सहइन्चार्ज कुमार पौडेल तोकिएका छन्। अखिल नेपाल महिला सङ्गठनको इन्चार्ज जयन्ती राई र सहइन्चार्ज कमला रोका रहेका छन्। सहिद, बेपत्ता तथा घाइते योद्धा सङ्गठनको इन्चार्ज हितराज पाण्डे तथा सहइन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरेलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आलेमगर र सहइन्चार्ज पासाङ शेर्पा रहेका छन् भने इन्जिनियर्स एशोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने तथा सहइन्चार्ज कपिल आचार्य चयन भएका छन्। उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा र सहइन्चार्ज कृष्ण आचार्य रहेका छन्।
कानुन व्यवसायी सङ्गठनको इन्चार्ज पूर्णबहादुर घर्ती तथा सहइन्चार्ज रामकुमार ज्ञवाली तोकिएका छन्। खेलकुद महासंघको इन्चार्ज केशव विष्ट र सहइन्चार्ज शिव कोइराला रहेका छन् भने जनसाँस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन तथा सहइन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ रहेका छन्।
ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सहइन्चार्ज विष्णु लम्साल रहेका छन्। दलित सङ्गठनको इन्चार्ज गणेश विक तथा सहइन्चार्ज दलजित श्रीपाली चयन भएका छन्। नेपाल रिटर्नी एशोसिएसनको इन्चार्ज देवेन्द्र पराजुली र सहइन्चार्ज भवानी खड्का रहेका छन्।
पर्यटन फाँटको इन्चार्ज पुष्पविक्रम मल्ल तथा सहइन्चार्ज अन्जन थापा तोकिएका छन् भने पेशागत महासंघको इन्चार्ज कृष्णध्वज खड्का र सहइन्चार्ज प्रमेल कुमार खनाल रहेका छन्। पूर्व सुरक्षाकर्मी सङ्गठनको इन्चार्ज सन्तु दराई चयन हुँदा प्राध्यापक फाँटको इन्चार्ज दीनानाथ शर्मा र सहइन्चार्ज प्राडा इन्दु आचार्य रहेका छन्।
मधेसी सङ्गठनको इन्चार्ज जोगकुमार बरबरिया तथा सहइन्चार्ज रामचन्द्र साह तेली रहेका छन्। मुस्लिम सङ्गठनको इन्चार्ज महेश्वर गहतराज तथा सहइन्चार्ज हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ तोकिएका छन्।
युवा सङ्गठनको इन्चार्ज लक्ष्मण केसी तथा सहइन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ रहेका छन्। वैदेशिक रोजगार व्यवसायी सङ्गठनको इन्चार्ज नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की चयन भएका छन्। विद्यार्थी सङ्गठनको इन्चार्ज रत्न ढकाल तथा सहइन्चार्ज सुदेश पराजुली रहेका छन्।
शिक्षक सङ्गठनको इन्चार्ज माधव सापकोटा र सहइन्चार्ज केदार सञ्जेल रहेका छन् भने प्रेस सङ्गठनको इन्चार्ज प्रकाश ज्वाला तथा सहइन्चार्ज विष्णु सापकोटा र शम्भु श्रेष्ठ रहेका छन्।
सहकारी सङ्गठनको इन्चार्ज लिलामणि पौडेल तथा सहइन्चार्ज शरद रसाइली र उदया शर्मा रहेका छन्। स्वास्थ्यकर्मी सङ्गठनको इन्चार्ज अन्जना विशंखे र सहइन्चार्ज भक्तिमान सुब्बा तोकिएका छन्। सुकुम्बासी महासंघको इन्चार्ज नहेन्द्र खड्का तथा सहइन्चार्ज केशव दाहाल रहेका छन्।
निर्माण व्यवसायी सङ्गठनको इन्चार्ज कमला रोका, उपभोक्ता हितसम्बद्ध सङ्गठनको इन्चार्ज बिपी खनाल, मानव अधिकार सङ्गठनको इन्चार्ज लेखनाथ दाहाल, विपद् सम्बन्धी सङ्गठनको इन्चार्ज डा. लक्ष्मी ओली तथा सहिद प्रतिष्ठानको इन्चार्ज धर्मशीला चापागाईं र सहइन्चार्ज रामबहादुर भण्डारी रहेका छन्।
त्यसैगरी आइटी फोरमको इन्चार्जमा केशव नेपाललाई जिम्मेवारी दिइएको छ।











