मौलिक जरोकिलो पार्टीको तेश्रो बैठकमा आगामी कार्ययोजनाबारे बहस तिब्र पारिएको पार्टी स्रोतले जनाएको छ । ५६ जना केन्द्रिय समिति सदस्यहरुको आवासीय रुपमा शनिवारबाट चलिरहेको बैठकले देशको समसामयिक राजनीतिक गतिविधीका साथै बहुनायकत्वमा आधारित नेपालको राजनीतिक प्रणालीको कारण भैरहेको गुट, उपगुट र बिभाजन रोक्न विशिष्ट नेतृत्व सामूहिक कर्तृत्व र संस्थागत स्वामित्वको संगठन पद्धति लाई एकमात्र निर्विकल्प समाधान हो भन्ने ठहर गरेको पार्टी स्रोतको भनाइ छ ।
‘नेपालको राष्ट्रियताको परिभाषा राज्यराष्ट्र« सिद्धान्तको आधारमा हुनुपर्ने र नेपालमा २३०० बर्षपछि अभिनिमार्ण भएको यो सिद्धान्तलाई जनजनमा पुर्याउनुपर्ने सबैको मत रहेको छ,’ एक पार्टी केन्द्रीय सदस्यले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, अबको धु्रबिकरण आयातित सिद्धान्तधारी र मौलिकता पक्षधर बीच रहने भएकोले मौलिक जरोकिलो पार्टीले सहृदयता दर्शन, अधारशीला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, सहृदय अर्थतन्त्र, मौलिक शिक्षा नीति, पर्यावरणीय कृषि नीति सहित मौलिकता पक्षधरको नेतृत्व गर्ने जनाएको छ ।
आइतवारसम्म अध्यक्षको प्रतिवेदनका साथै सबै सातैवटा प्रदेशका अध्यक्षहरुका प्रतिवेदनहरु, केन्द्रिय संगठन विभागको प्रतिवेदन, प्रवक्ताको प्रतिवेदन, लेखा प्रतिवेदन र महासचिवको प्रतिवेदन समेत गरि दशवटा प्रतिवेदनहरु पेश भैसकेका छन् । अहिले चारवटा समुह बनाएर ती प्रतिवेदनहरु माथि छलफल चलिरहेको छ । प्रतिवेदनहरुमाथीको छलफल सकेर समुह नेताले प्रतिवे्दन माथि बोल्ने छन् । त्यसपछि त्यसलाई सल्लाह सुझाव सहित पारित गरेर बैठक सक्ने कार्यतालिका रहेको सम्बद्ध स्रोतले जनाएको छ ।











