प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्र नेपालगन्जका प्रसिद्ध उद्योगपति र बैंक तथा वित्तिय क्षेत्रका लगानीकर्ता हुन् । सञ्चार उद्यमी समेत रहेका मिश्र कर्णाली विकास बैंकका अध्यक्ष समेत हुन् । रेडियो बागेश्वरी एफएमका सञ्चालक उनी नेपालगन्ज विश्व विद्यालय स्थापना संघर्ष समितिका सहसंयोजकका रुपमा लामो समयदेखि संघर्षरत् छन् ।
अर्थशास्त्रमा स्नातकोत्तर मिश्र २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्षमा निर्वाचित भएपछि गाविस महासंघ बाकेको अध्यक्ष, जिल्ला विकास समितिको सभापति हुदै जिल्लामा जनमत बनाउन सफल व्यक्तित्व हुन् । सुकुम्बासी समस्या समाधान आयोगको सदस्यका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका मिश्र २०५० सालमा सरकारी सेवाबाट निवृत्त भएदेखि निरन्तर राजनीतिमा पनि सक्रिय छन् ।
तमलोपा हु“दै राजपा नेपालका केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका मिश्र हालैमात्र नेतृत्वसग असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र समूह गठन गरेका थिए । ‘वाम गठबन्धनको केन्द्रीय नेतृत्वले मधेसका सवाललाई ग्रहण गर्दै स्वतन्त्र समूहस“ग निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि हामीले उम्मेदवारी दिएका हौं’, सुर्य चिन्ह लिएर मैदानमा उत्रिएका मिश्रले भने, ‘अबको सरकार वाम गठबन्धनकै हुन्छ भन्नेमा कुनै विवाद छैन ।’
बा“के क्षेत्र नं. २ प्रदेश सभा ख का उम्मेदवार विजय गुप्ता हार्डवेयर व्यवसायी हुन् । व्यवस्थापनमा स्नातक गरेका गुप्ता व्यवसायिक क्षेत्रस“गै २०५० सालदेखि नेकपा एमालेमा संगठित राजनीति गर्दै आएका छन् । एमालेको केन्द्रीय उद्योग व्यवसाय विभागका सदस्य समेत रहेका गुप्ता प्रदेश नं. ६ का संयोजकको जिम्मेवारीमा पनि छन् । मारवाडी समुदायमा निकै लोकप्रिय विजय गुप्ता मारवाडी युवा मञ्चका संस्थापक अध्यक्ष हुन् ।
लायन्स क्लब अफ नेपालगन्जका संस्थापक सदस्य गुप्ता सामाजिक क्षेत्रमा उत्तिकै क्रियाशील छन् । ‘पैसा प्रशस्त कमाइयो’, उम्मेदवारी दिएपछि नेपालगन्जन्यूजडटकमसग गुप्ताले भनेका थिए, ‘अब देशका लागि केही गर्नुपर्छ, आफ्ना ठाउ“का लागि केही गर्नुपर्छ भनेर उम्मेदवार बनेको हु ।’ त्यसलगत्तै निर्वाचित भएपछि प्राप्त पारिश्रमिक पूर्ण रुपमा सामाजिक कार्यमा लगाउने घोषणा गरेका गुप्ता प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर व्यवस्थापन समितिमा उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । जिल्लाकै नमूना विद्यालयका रुपमा धम्बोझी उच्च माविमा १० बर्षदेखि सञ्चालक सदस्यको जिम्मेवारीमा रहेका गुप्ता विभिन्न सामाजिक संघ, संस्थाहरुको नेतृत्व गरिरहेका छन् ।