वाम गठबन्धनको घरदैलो जारी

मंसिर १६,कोहलपुर

बाम गठबन्धनले बाकेको निर्वाचन क्षेत्र नम्बर १(२)मा घरदैलो सङ्गै चुनावी कोणसभालाई जारी राखेको छ। शनिबार प्रदेस सभा१(२)को कोहलपुर १४को ढोरपूर्वा, अकलघरुवा र वडा नम्बर ३ मैटहवामा बाम गठबन्धनका छुट्टाछुट्टै चुनावी सभा भएका छन् ।

कोहलपुरको वडा नम्बर १०मा उम्मेदवार सहित घरदैलो अभियान सम्पन्न भएको हो। यसैगरी क्षेत्र नम्बर १(२)मा रहेका १७वटै वडामा स्थानिय नेता र कार्यकर्ता रुको सकृयतामा चुनावी मतदाता भेटघाट घरदैलो अभियान जारी रहेको बाके क्षेत्र नम्बर१(२)का निर्वाचन परिचालन सयोजक अब्दुल हुसेन खानले बताए। कोहलपुर१४को ढोरपुर्वा,अकलघरुवामा भएको सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभाका उम्मेदवार महेश्वर गहतराज अथकले आर्थिक क्रान्ती,समृद्धि र सुशासनको लागी बाम गठबन्धनलाई मतदान गरि जिताउन आग्रह गरे।उनले यस क्षेत्र नम्बर १मा विकासका लागी केन्द्र र प्रदेशमा बामपन्थिहरुको बहुमत सहितको स्थायी सरकारका लागी सहयोग गर्नुहोस भन्दै चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रदेश सभाकी उम्मेदवार आरती पौडेलले मधेशी,थारु लगायत अन्य पछाडि परेका समुदायको बिकास बामपन्थी बाहेक अरु कुनै पनि शक्तिले गर्न नसक्ने बताईन।पौडेलले महिला,बालबालिका,युवा र बृद्धबृद्दाको समग्र बिकास र सेवाको लागी नै बाम गठबन्धन बनेको हो भन्दै उनले आफुले चुनाव जितेमा महिला दिदिबहिनीहरुको लागी युवा बर्गको लागी बिभिन्न सिपमुलक आय,आर्जनमूलक कार्यक्रमहरु ल्याउने र सबैलाई आर्थिक रुपमा शसक्त गराउन आफ्नो पहिलो प्राथमिकता रहने कुरा बताइन।सभाका प्रमुख अतिथी निर्वाचन परिचालन कमिटिका सयोजक देबराज भारले बाम गठबन्धनलाई विकास र स्थायित्वका लागि आफ्नो अमुल्य मत दिन आग्रह गरे।

यसैगरी शनिवार नै कोहलपुर१४बाट फोरम लोकतान्त्रिक बाट वडा सदस्य पदमा उम्मेदवार उठेकी हेमा खटिक बाम गठबन्धनमा प्रबेस गरेकी छिन यसै गरि वडा नम्बर १४कै अक्कल घरुवा र ओढरापुरमा नेकपा एमालेका युवा नेता ज्ञानेन्द्र थापा र नेपाली काङ्ग्रेसका नेता रामगोपालको नेतृत्वमा ६५ जना नेपाली काङ्ग्रेस,राप्रपा र मधेशी फोरम लगायत बिभिन्न पाटी परित्याग गरि बामगठबन्धनमा प्रमुख अतिथी देबराज भारको हातबाट टिका र माला लगाई प्रवेस गरेका छन् । सभामा प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक तर्फका तिलक परियार र मन्जु कोइरालाले आ आफ्नो भनाई राखेका थिए।

प्रतिक्रिया

प्रतिक्रिया