प्रदेश ५ का सबै क्षेत्रमा बाम गठबन्धन – भट्टराई

नेपालगन्ज, मंसिर ८ । नेकपा एमालेका युवा नेता तथा बाम गठबन्धनका निर्वाचन परिचालन कमिटी अन्तर्गत प्रदेश नम्बर ५ को संयोजन तथा अनुगमन समितिका संयोजक खिमलाल भट्टराईले आसन्न निर्वाचनमा यस प्रदेशमा कुनै पनि स्थानमा गठबन्धनका उम्मेदवार कमजोर नभएको बताएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र राजनीतिक समुहले सबै क्षेत्रमा बिजय हासिल गर्ने भट्टराईको दावी छ । उनले भने,– प्रदेशका ५२ र संघका २६ वटै सिटमा गठबन्धनका उम्मेदवार अगाडी छन, कुनै पनि क्षेत्रमा कमजोर पाइएको छैन् ।

 
गठबन्धनका उम्मेदवारप्रति आम मतदाताको उत्साह बढि पाइएको उनले दावी गरे । गठबन्धनले जितेमा स्थायी सरकार बन्छ र विकास र सम्बृद्धिको सुरुवात हुन्छ भन्ने आम मतदातालाई परेको छ , उनले थपे,–यो गठबन्धनमा प्रदेश ५ मा कुनै पनि स्थानमा कमजोरी छैन । प्रदेश ५ मा गठबन्धनका उम्मेदवारलाई चुनौती र हारको समस्या नहुने भन्दै उनले मंसिर २१ पछि औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको बताए ।

 
भट्टराई नेतृत्वको समितिले गठबन्धनका उम्मेदवारलाई जिताउन जन परिचालन, जनमत निर्माण । समन्वयको काम सशक्तढंगले गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया