चुनावी जित्ने विशेष योजना सहित जिल्ला नेतृत्व गाउँ पस्यो
नेपालगन्जन्यूज/समाचारदाता
नेकपा एमाले बाँकेले नगर र गाँउ पालिका कमिटि बनाएको छ । सरकारले घोषणा गरेको स्थानिय तह अनुसार आफ्ना कमिटिहरुलाई पुनसंरचना गरिएको एमाले बाँके अध्यक्ष अशोक कोइरालाले बताए । पुनसंरचना गरिएको कमिटिले स्थानिय तह निर्वाचन हाँक्ने उनले बताए ।
अध्यक्ष कोइरालाका अनुसार, नरैनापुर गाउँपालिकाको संयोजक केशबराम यादव, सहसंयोजक प्रमोद मिश्रा भएका छन् भने इन्चार्जमा अब्दुल हुसेन खाँ रहेका छन् । राप्ती सोनारीमा लाल बहादुर थापा संयोजक र तुलसीराम चौधरी सहसंयोजक छन् भने इन्चार्ज र सहइन्चार्ज क्रमशः सुर्य ढकाल र रामकृष्ण विक रहेका छन् । डुढुुवामा संयोजक कप्तान पाठक, सहसंयोजक हरि तिमिल्सेना भएका छन् । यसको इन्चार्जमा निरक गुरुग र सह इन्चार्जमा डम्वर थापा रहेका छन् ।
वैजनाथपुर गाउँपालिकाको संयोजक चन्द्र चौधरी, सहसंयोजक गोविन्द जिसि भएका छन् भने इन्चार्जमा गुमान बहादुर दमाई रहेका छन् । जानकि गाउँपालिकाको संयोजक पदम धिताल, सहसंयोजक जयराम यादव भएका छन् भने इन्चार्जमा रत्न खत्री रहेका छन् । खजुरा गाउँपालिकाको संयोजक अर्जुन श्रेष्ठ, सहसंयोजक सतिस निरौला भएका छन् भने इन्चार्जमा भिम वली र सह इन्चार्जमा बल बहादुर सुनार रहेका छन् ।
कोहलपुर नगर कमिटिको संयोजक बसन्ती अधिकारी, सहसंयोजक चन्द्र भुसाल भएका छन् । नगर कमिटिको इन्चार्जमा लुट बहादुर रावत र सह इन्चार्जमा नरेन्द्र प्रसाद शर्मा छन् ।
नेपालगन्ज उपमहानगर कमिटिको संयोजक प्रमोद धिताल, सहसंयोजक अशोक कर्माचार्य भएका छन् । कमिटिको इन्चार्जमा निरक गुरुग र सह इन्चार्जमा तुलसा थापा रहेका छन् । सबै नयाँ स्थानीय तह कमिटिहरुका बैठक सम्पन्न भैसकेको एमाले उपसचिव प्रमोद धितालले नेपालगन्जन्यूज संग बताए ।
उनका अनुसार, बाँके अध्यक्ष कोइराला सहितको ६ सदस्यीय जिल्ला नेतृत्व अहिले जिल्ला दौडाहामा रहेको छ । जिल्ला दौडाहामा रहेको टिमले सबै स्थानिय तह स्तरिय संगठित सदस्यहरुको वृहत भेलामा चुनाव जित्ने रणनीतिका बारेमा छलफल गर्ने छ ।
जिल्ला दौडाहाको समापन २४ चैत्रमा खजुरा गाउँपालिका स्तरिय गरि हुने कार्यक्रम रहेको छ ।
यसैविच खजुरा गाउँपालिकाको वार्ड नं. ४ मा वार्ड कमिटि गठन गरेको एमाले खजुरा गाउँपालिकाका सहसंयोजक सतिस निरौलाले जानकारी दिएका छन् । निर्मल खनालको संयोजकत्वमा वार्ड कमिटि निर्माण भएको हो । वार्ड कमिटि गठन कार्यक्रममा नेपाली कांग्रेस, माओवादि लगायतका पार्टि परित्याग गरि दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।