खजुरामा आइतबार अहिलेसम्मकै बढि संख्यामा कोरोना संक्रमित भेटिएपछि आज मध्यरातबाट निषेधाज्ञा जारी गरिएको छ । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेको खजुरामा १९ जना संक्रमित फेला परेका थिए । ‘सतर्कता अभावले त्रास बढेकाले खजुरालाई सिल गर्न सबैतिरबाट प्रस्ताव आयो,’ खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले यति ठुलो संख्यामा संक्रमित फेला पर्दा चिन्ता र त्रासका कारण केही दिनलाई यो उपाय सोचिएको प्रतिक्रिया दिंदै भने ।
आइतवार बाँकेमा ४१ जना संक्रमित फेला पर्दा सबैभन्दा बढी १९ जना खजुरामा पुष्टि भएको थियो । बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा एकै दिन कोरोना भाइरसका १२ जना संक्रमित फेला परेका छन् । आइतवार चिकित्सक सहितका १२ जनामा संक्रमण पुष्टि भएको हो । एउटा निजी पोलिक्लिक, पेट्रोल पम्पका सञ्चालक परिवारनै संक्रमित भेटिंदा त्रास बढेको बताइएको छ ।
‘नागरिकहरुको जीवन रक्षाकालागि बाकेको खजुरा गाउँपालिकाको अनुरोधमा उक्त क्षेत्रभित्र आज राती १२ बजे देखि २७ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले भनेका छन् । हेर्नुस निषेधाज्ञाको आदेश

यो पनि हेर्नुस्











