कोहलपुर बैंकर्स क्लबद्वारा आयोजित एक कार्यक्रममार्फत इलाका प्रहरी कार्यालय कोहलपुरलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको छ।
उक्त कम्प्युटर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्र डम्मरपाललाई क्लबका अध्यक्ष मिगल सिंह ठाकुरीले हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बैंकर्स क्लबका पदाधिकारीहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। प्रदान गरिएको कम्प्युटरले सुरक्षा अनुगमन तथा दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस सम्बन्धमा दिनेश ढुंगानाले जानकारी दिएका छन्।











