भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरेको पीसीआर टेष्टमा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालले दिएको जानकारी अनुसार, राप्ती सोनारी र बैजनाथमा ७/७ जनामा संक्रमण पुष्टि भएको हो । २१ जनाको पोजेटिभ देखिएकोमा बाँकी बर्दियाका छन् ।
(हेर्नुस् भेरी अस्पतालको सूची)
घर फर्किए ४१ जना
बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी – १ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।
यो पनि पढ्नुस्, देशभरिको अवस्था