नेपालगन्जमा थप एक जनालाई संक्रमण

बाँकेमा संक्रमित संख्या ८ थप

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालगन्जमा एक जना थपिएका छन् । नेपालमा संक्रमितको संख्या ७७२ जना पुग्दा प्रदेश ५ मात्रै ३३१ जना पुगेको छ । देशभर आजमात्र ९० जना नयाँ संक्रमित थपिंदा यस प्रदेशमा ३१ जना संक्रमित थपिएका छन् । नेपालगन्जमा २ मा ४६ वर्षीय एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिकामा पनि कोरोना संक्रमण देखा परेको छ । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, नेपालगन्जमा थपिएको संख्यासँगै बाँकेमा ८ जना नयां संक्रमित पुगेको छ । नेपालगन्ज २ मा एक, बैजनाथ ३ मा एकजना, डुडुवामा ४ जना र राप्ती सोनारीमा २ जना संक्रमित थपिएका छन् । बाँकेको कोहलपुर र जानकीबाहेक सबैमा कोरोना संक्रमण देखा परेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया