बाँकेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा ४ र बर्दियामा एक गरि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले जानकारी दिए ।
त्यस्तै, बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेसँगै क्रमशः बर्दियापनि कोरोना संक्रमणको चपेटोमा पर्दै गएको छ । बर्दियाका धेरै स्वाब नेपालगन्जस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ । (हेर्नुस् विज्ञप्ति)