मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु कर्णालीमा बढ्दै गएको पाइएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले कर्णाली प्रदेशको राजधानीमा कार्यरत संचारकर्मीहरु बिच गरिएको अन्र्तक्रिया छलफल कार्यक्रममा सहभागीहरुले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै चिकित्सकहरुले बताएका हुन् ।
चालु मानसिक रोग कर्णालीको जटिल स्वास्थ्य समस्याका रुपमा देखा परेको कर्णाली प्रदेश अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
चालु आर्थिक वर्षको साउन देखि मंगरबार सम्म सुर्खेतको प्रदेश अस्पतालमा आएका बिरामी मध्ये एक हजार पाँच सय तीन जना बिरामी मानसिक स्वास्थ्यको उपचार सेवा लिएको चिकित्सकहरुले बताएका छन् ।
‘अहिले हरेक दिन १५ देखि २० जना मानसिक समस्या भएका बिरामी प्रदेश अस्पतालमा उपचारका लागि आइरेका छन् ।’ कर्णाली प्रदेश अस्पताल सुर्खेतका मनोचिकित्सक डा. शुशिल समदर्सीले भने, ‘यसको समाधानका लागि अहिले नैं ध्यान दिने होइन भने पछि अवस्था जटिल बन्ने देखिन्छ ।’
उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा गएको साउनमा ४ सय ३९, भदौमा ३ सय ७३, असोजमा १ सय ६१ जना मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरुले उपचार सेवा प्राप्त गरेका छन् ।
डाा. समदर्सीका अनुसार उपचार लिन आउने मध्येमा सबैभन्दा बढी झण्डै ६० प्रतिशत चिन्ताजन्य एंव डिप्रेशनबाट ग्रसित गरेका छन् । त्यसैगरी, १७ देखि २० प्रतिशत मानसिक समस्याले उत्पन्न शारीरिक समस्याहरु रहेका छन् । छारेरोग, त्रास, व्यवहारजन्य समस्या, मद्यपान एंव लागुपदार्थ सेवन लगायतको समस्याहरु पनि त्यसै अनुपातमा रहेको चिकित्सकले बताए ।
मानसिक रोगलाई सामाजले राम्रोसँग स्वीकार गर्न नसकेको अवस्थामा पनि यत्रो संख्याका बिरामी आफै उपचारका लागि अस्पताल आउनुले पनि कर्णालीमा यस रोगका बिरामीको संख्या निकै धेरै हुने अनुमान मनोचिकित्सक डा. समदर्सीले गरे ।
‘गरिबी, बाल विवाह, कुप्रथाका रुपमा रहेका हाम्रा परम्परागत मान्यता, व्यक्तीगत तथा पारिवारिक तनाव, बेरोजगारी जस्ता समस्याले हरेक व्यक्ती कुनै न कुनै रुपमा मानसिक रोगबाट प्रभावित भएको दावी गरेका डा. समदर्सीले यस रोगलाई सामान्य रोगका रुपमा बुझाउन सक्ने हो भने स्वास्थ्य संस्थामा आउने बिरामीको संख्या अपेक्षित रुपमा बृद्धी हुने जानकारी दिए ।
सो कार्यक्रममा सी.एम.सी–नेपालका कार्यसमिति सदस्य विष्णुभक्त कवान, प्रशासन तथा वित्तिय व्यवस्थापक इन्दिरा पाठक, कार्यक्रम अधिकृत तथा संचार सम्पर्क व्यक्ति हिमाल गैरे लगायतले मानसिक स्वास्थ्यका साथै संचारकर्मीले यस मुद्दा उत्थानका ध्यान दिनुपर्ने कुराहरुमा जोड दिनुभएको थियो । जनताको संवाहकका रुपमा रहेका संचारकर्मीलाई पछाडी पारिएको विषय भएकाले गर्दा पनि जनचेतना जगाउनका निम्ती अहंम भुमिका रहेकोमा सी.एम.सी नेपालले जोड दिएका थिए ।
सल्यानमा पनि उस्तै
सल्यान जिल्ला स्थीत अस्पतालमा समेत मानसिक रोग लागेका व्यक्तिहरु दिनहु बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सी.एम.सी–नेपालले जिल्लाको संचालन गरेको सामुदायिक मानसिक स्वास्थ्य तथा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम अन्र्तगतको तथ्याङ्क सार्वजनिक गर्दै सो बारे संचारकर्मीले स्थानिय सरकारले प्रभावकारी कार्यक्रम बनाई अगाडी बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।
जिल्ला अस्पताल सल्यानका डा. प्रदिप शर्माले स्वास्थ्य संस्थामा आउने अधिकांस बिरामीमा देखिने मानसिक रोगीको संख्या दिनप्रतिदिन बढदै गएको बताएका थिए ।
उनका अनुसार सल्यान जिल्ला अस्पतालमा उपचारका लागि अहिलेसम्म आएका बिरामी मध्ये १ हजार ३ सय २९ जनामा मानसिक स्वास्थ्य समस्या देखा परेको छ । सल्यानमा सन २०१६ मा ३ सय ५७ जना, सन २०१७ मा २ सय ९० जना र सन २०१८ मा ६ सय ५२ जना बिरामीमा मानसिक स्वास्थ्य समस्या देखापरेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।