कसरी संकटमा पर्यो नेपालगन्ज मेडिकल कलेज ?

सरकारी नीति र कर्मचारी आन्दोलनका कारण नेपालगन्ज मेडिकल कलेज ‘संकटमा परेको’ व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका अनुसार, अघिल्ला सरकारका पालादेखि कलेजमा कोटा घटाउने भार बढाउँदै जाने नीतिगत प्रहार र कर्मचारीहरुको सुविधा बढाउँदै लैजानुपर्ने मागका आन्दोलनले कलेज संकटमा परेको हो ।
‘मेडिकल कलेजले नोट छापेको भ्रम छरिएको छ,’ कलेजका प्रवन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले दैनिक नेपालगन्जसँग भने, ‘आर्थिक संकट बढ्दै जाँदा कर्मचारीलाई समयमा तलब खुवाउन सकिएको छैन ।’ डा. कनोडियाले त्यसो भनिरहँदा मेडिकल कलेजमा कार्यरत कर्मचारीलाई व्यवस्थापन पक्षले एक महिना बिराएर तलब दिने समझदारी गरिंदै थियो ।
ट्रेनी स्टाफ नर्सहरुलाई न्युनतम पारिश्रमिक समेत नदिई काम गराएको, कर्मचारीले दुई महिनासम्म तलब नपाएको भन्दै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन र लर्डबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संगठनले विरोध प्रदर्शन गरिरहेपछि व्यवस्थापनले मंगलवार सम्झौता गरेको हो । ट्रेनी स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनु पर्ने भए पनि श्रम मन्त्रालयले तोकेको न्युनतम पारिश्रमीक १३ हजार ४ सय ५० रुपैया समेत एकेडेमीले नदिएको गुनासो आन्दोलनमा उत्रिनेहरुको छ ।
व्यवस्थापनले आन्दोलनमा उत्रिएका कर्मचारी समक्ष सम्झौता गरेकाले बुधवारबाट आन्दोलन स्थगित गर्ने निर्णय भएको जानकारी दिंदै संगठनका अगुवाले व्यवस्थापन पक्षले आर्थिक संकटका कारण एक महिना ढिलो हुने गरी प्रत्येक महिनाको ५ गते भित्र तलव, भत्ता खुवाउने सहमति गरेको जनाएका छन् । टे«नी स्टाफ नर्सलाई माघ महिनादेखि नेपाल सरकारको नियम अनुसार सेवा सुविधा दिने उल्लेख गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज कर्मचारी संगठन, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी संगठनले आन्दोलन गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया