पास लिएर गाडीमा ४७ ग्राम ब्राउनसुगर बोकेको भन्दै ४ जना पक्राउ


दीपकलाल श्रेष्ठ
पासवाला गाडीमा ४७ ग्राम लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध ब्राउनसुगरको कारोबार तथा ओसारपसार गरिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी पास लिएको बा १२ च ६२९९ को नम्बरको अल्टो कारमा ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए।
२०७७ साल वैशाख ९ गते देखि १५ गते सम्म पास लिइएको गाडि रमेश शर्मा न्यौपानेको नाममा बर्दिया जिल्लामा बिरामी बुबाको उपचारका लागि जाने गरि पास जारि गरिएको छ।
गोप्य सुचनामा भक्तपुर जिल्ला प्रशासनको पास रहेको गाडि बर्दियाको कोठियाघाट तिर संकास्पद अवस्थामा गाडि गुडिरहेको जानकारी प्राप्त भए पिछा गर्दै जाँदा गुलरिया रिटर्न भए पछि गाडि सहित ४ जनालाई पक्राउ गरेको र गाडिको खान तलासी गर्दा गाडिको स्टेरिङ भित्र लागुऔषध ब्राउनसुगर प्राप्त गरेको उपरीक्षक बास्तोलाले बताए।


जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला


बर्दिया छिरे देखि नै रेकि गरिएको थियो, बर्दियाको भारतीय सिमावर्ती कोठियाघाटमा गाडि पुगे पछि रेकि गर्दै बर्दियाको सदरमुकाम गुलरिया पुगे पछि पक्राउ गरिएको उनले जानकारी दिए।
पक्राउ पर्नेमा कैलाली जिल्ला टिकापुर नगरपालिका बडा नं १ का २८ बर्षिय राजन रावल, कैलाली कै लम्की चुवा नगरपालिका बडा नं ५ का २९ बर्षिय रोशन कडायत, दैलेख जिल्ला दुल्लु नगरपालिका बडा नं ७ का २७ बर्षिय आकाश शाह र कैलाली जिल्ला कै टिकापुर नगरपालिका बडा नं ९ का ३३ बर्षिय रमेश न्यौपाने रहेका छन्।
पक्राउ परेकाको आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रतिक्रिया