निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम दर्ता गरेका १७ दलका १७५ जनाले आफ्नो नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगका अनुसार, यी उम्मेदवारहरूले आयोगमा उपस्थित भई औपचारिक रूपमा नाम फिर्ता गरेका हुन्।
निर्वाचन कार्यक्रम अनुसार, दलहरूले पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेका थिए।











