बाँकेका किसानहरु खेतीपातीका लागि आकाशे पानीकै भर पर्नु पर्ने अवस्था अन्त्य हुँदै गएको छ । गत बर्ष देखि सिक्टा सिंचाई आयोजनाले मूल नहर निर्माण सम्पन्न गरी पानी छाड्न थालेपछि खेतीपातीका लागि किसानको खेतसम्म पानी पुग्न थालेको छ ।
सिक्टा सिंचाईं आयोजना नेपालगन्जका प्रमुख लोक बहादुर थापा ३० हजार हेक्टरमा सिक्टाको पानी सिंचाई गर्न मिल्ने गरी पुगेको जानकारी दिएका छन् । यद्यपि, अहिले पनि नहरका धेरै शाखा र प्रशाखाको काम बाँकी रहेको उनले बताए । सिक्टाको पानी अहिले पूराना नालाहरुमा पनि छाडिएकाले किसानले पम्प गरी खेतसम्म पुर्एका छन् । जसले गर्दा सिक्टाको नहर पुगेका ठाउँका किसानलाई खेतीपातीका लागि पानीको समस्या टर्दै गएको छ ।
आयोजना प्रमुख थापा सिक्टाकै पानीका कारण विगतका बर्ष भन्दा अहिले धेरै रोपार्ईं भैसकेको बताउँछन् । विगतमा आकाशे पानीको भरमा रहँदा कतिपय खेत बाँझै हुने तथा समयमा बियाड राख्न नपाउने समस्या किसानले व्यहोर्दै आएका थिए । हाल सिंक्टाको शाखा, प्रशाखाको नहरहरुको काम भैरहेको आयोजना प्रमुख थापाले जानकारी दिएका छन् ।
सरकारले आगामी दुई बर्ष भित्र सिक्टाको पानी लक्ष्य अनुसार किसानको खेतसम्म पुर्याउने नीति लिएको छ । जस अनुसार बजेट पनि विनियोजन भएको छ । ‘किसानको खेत सम्म पानी पुर्याउनका लागि मूल नहरबाट शाखा, प्रशाखा यस बर्ष नै ३५ किमिको यसै बर्ष ठेक्का गर्ने लक्ष्य थियो,’ आयोजना प्रमुख थापा भन्छन्, ‘तर कोभिडका कारण केही ढिलाई भएको छ, सूचना निकालेका छौं, साउन÷भदौंमा ठेक्का व्यवस्थापन गरेर कात्र्तिक÷मंसिरबाट शाखा, प्रशाखा नहरको काम जोडतोडले गर्ने लक्ष्य छ ।’
आयोजना प्रमुख थापा सिक्टा सिंचाईंको काम समयमै सक्नका लागि सरोकारवालासँग समन्वय गरिरहेको बताउँछन् । उनी आयोजना समयमै सक्नका लागि आवश्यक जनशक्ति र सुरक्षा चुनौति रहेको बताउँछन् । ‘कुनै अवरोध नहुने हो भने दुई बर्ष भित्र लक्ष्य अनुसार सबै काम सकिने छ’, उनी भन्छन् ।
आयोजनाको आ.व. २०६३÷०६४ बाट निर्माण कार्य सुरु भएको हो । बाँकेको अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिंचाइ आयोजनाबा ४२,७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलव्ध गराउने उद्देश्य रहेको छ । आयोजनाको निर्माणाधिन पश्चिम मूल नहरले वांके जिल्लाको राप्ति नदीको पश्चिम भेगको ३३७६६ हेक्टर जमिनमा सिंचाई पुयाउने लक्ष्य लिएको छ भने पूर्वि मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिव ९००० हे मा सिंचाई सुविधा पुयाउने लक्ष्य राखेको छ ।