होटल व्यवसायी महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा भाष्कर काफ्ले निर्वाचित भएका छन् । महासंघको प्रथम प्रदेश महाधिवेशनबाट शनिबार काफ्लेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

प्रदेश राजधानी राप्ती गाउँपालिका दाङ्गमा भएको महाधिवेशनबाट महेन्द्र श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, एक नारायण चापागाई प्रथम उपाध्यक्ष, दधिराम भण्डारी महासचिव लगायत छन् । बाँकेबाट टेक नारायण सापकोटा, दुर्गा बम कार्यसमितिमा सदस्य छन् । २४ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको हो ।