अपुग जनशक्ति हामी आफै विकास समितिबाट परिपूर्ति गरेर भएपनि अगाडी बढ्छौं । साँच्चिकै अस्पताल कस्तो हुनुपर्दछ, जनतालाई कसरी सेवा प्रदान गर्नुपर्दछ, हामी देखाएरै छाड्छौं । यहि हाम्रो प्रतिबद्धता पनि हो । अनि हाम्रो दृढ संकल्प ।

बाँकेको युवा राजनीतिमा सक्रिय छवि बनाएका प्रमोद धिताल यतिबेला व्यवस्थापकीय संयोजनकारी जिम्मेवारी लिंदै पश्चिम नेपालकै अग्रणी मध्येको अस्पताल, भेरी अस्पताल विकास समितिको अध्यक्ष पदमा आसिन छन् । महामारीबीच अस्पतालको जिम्मेवारीमा उनले सम्पादन गरिरहेका कार्यभारसँग जोडिएर दैनिक नेपालगन्जका लागि पत्रकार हिमाल गैरेले अध्यक्ष धितालसँग गरेको कुराकानी आजको अंकमा ।
य कसरी चल्दैछ अस्पताल विकास समिति ?
हामी आएको ४ महिना पुरा भएको छ र हामी आउनु संंगै कोरोनाको कहरले समेत महामारीको रुप लियो । हामीले कोरोनाबाट नागरिकको जीवन कसरी सुरक्षित गर्न सकिन्छ त्यसमा केन्द्रित भएर काम गर्नुपर्ने अवस्था आयो । हामीले जनताकै सुविधाको लागि खजुराबाट कोरोना विशेष अस्पताल भेरी अस्पतालमा ल्याउन पहल गर्यौं र ल्याउन पनि सफल भयौंं । अहिले ७२ वेडको आइसोलेशन संचालनमा छ । अपुग हुने देखे पछि पुनः७५ बेडको आइसोलेशन निर्माण प्रक्रियामा छ र जनरल सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर लागिरहेका छौंं । जनशक्ति थप गरेका छौं भने ओपिडि सेवा र इमरजेन्सी सेवालाई प्रभावकारी बनाउन लागि परेका छौं । छिट्टै भेरी अस्पतालको सेवा प्रभावकारी र गुणस्तर हुन्छ । हामी गुरु योजना समेत बनाइरहेका छौं र भेरी अस्पताललाई कस्तो बनाउने भन्ने कुरा समेटिएको गुरु योजना पनि हामी छिट्टै सार्वजनिक गर्छौ ।
य भेरी अस्पताल पश्चिम क्षेत्रकै केन्द्र भएको र कोभिड–१९ को समेत केन्द्र बन्दै गएको भएपनि स्वास्थ्य उपकरण पुर्वाधारको अझै कमी देखिन्छ । त्यसको व्यवस्थापनका निम्ती नेतृत्वकर्ताको हिसाबले तपाईले के पहल गर्नुभएको छ ?
भेरी अस्पताल साँच्चिकै पश्चिम क्षेत्रको रेफरल अस्पताल हो । यो अस्पतालले पश्चिम नेपालकै केन्द्रको रुपमाकायम राख्नुपर्दछ र गरेको पनि छ । यसको सेवा, भौतिक संरचना वृद्धि र प्रभावकारी अझ बनाउन जरुरी छ । त्यसका लागि हामीले मन्त्रालयमा भौतिक संरचना, दक्षजनशक्ति, विशेषज्ञ चिकित्सक, आवश्यक स्वास्थ्य उपकरण, ५० बेडको अत्याधुनिक इमरजेन्सी भवनको माग समेत गरेका छौं । हाम्रो यस मागप्रति नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यमन्त्रीज्यू पनि सकरात्मक हुनुहुन्छ । छिट्टै हाम्रा माग मन्त्रालयबाट संबोधन हुने कुरामा म विश्वस्त छु । साथै नयाँ बनिरहेको भवन पुरा हुन करिब ७÷८ महिना अझै लाग्छ । उक्तभवनको निर्माण पुरा भएपछि हाम्रो इन्डोर सेवा सार्ने छौं र पुराना जीर्ण भवन फोडेर नयाँ १० तलाको भवन निर्माण गर्ने योजना बनाइएको छ ।
य यसबीच चुनौती के पाउनुभएको छ ?
चुनौती धेरै छन् । चुनौतीलाई सहज रुपमा सामना गर्नुपर्छ भनेर अगाडी बढेका छौंं । गरे के हुन्न भन्ने सकरात्मक सोंचले हामीलाई मार्गदर्शन गरेको छ । हामी चुनौतीहरुबाट विचलित हुने छैनौं । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने परिपाटी यहाँपनि देखा परेको छ । त्यस्तो प्रवृतिलाई हामी निरुत्साहित गर्दैछौं । काम गर्नु पर्छ र काममा कुनै सम्झौता हुँदैन भनिसकेका छौं । कोभिडले बढी प्रसेर गर्न सकिएको छैन्, त्यसलाई हामीगतिमाल्याउँछौं । चुनौतीखासै छैन र विस्तारै समाधान हुँदै पनि जान्छन् । सबैको सहकार्यमा चुनौतिहरुको सामाना गर्न समेत हामी तयार हुनुपर्दछ ।
य जिम्मेवारीमा तपाई आउनु र अख्तियार पनि आउनु एकै पटकजस्तो भयो । के यो संयोग मात्रै हो वा साँच्चिकै यस्ताखाले समस्या अस्पतालमा रहेछन् ?
अख्तियार पस्नुलाई अन्यथा लिनु हँुदैन । अख्तियार पनि सुशासन र पारदर्शिता स्थापित गर्ने राज्यको एक मुख्य अंग हो । जुनकुरा अस्पतालमा समेत हुनुपर्दछ । अस्पतालपनि सरकारी निकाय हो । उसले छानबिन गर्यो, केही कर्मचारीलाई रंगेहात पक्राउ पनि परे जुन अहिले छानबिन प्रक्रियामा छ । दोषी हुन भने कारवाही हुनु पर्दछ र निर्मम कारवाही हुनुपर्दछ भन्नेमा मेरो दृढ मत छ । कोही आर्थिक अनियमितिता गर्नेलाई छाड्न हुँदैन र अब अस्पतालमा यस्ता घटना घटे र भ्रष्ट्राचारमा कोही लाग्छ भने अस्पताल विकास समिति यो मामिलामा मौन बस्दैन ।
य कार्यकाल सकिने बेला सम्म आमनागरिकले यो अस्पतालमा के फरक भएको देख्न वा महशुस गर्नेछन् ?
हाम्रो कार्यकाल ३ वर्षको छ । हामी काम गर्न आएका हौं । हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन र स्वार्थ छ त केबल अस्पताल राम्रो बनाउने, जनताको सेवा गर्ने, सस्तो, विश्वासिलो र प्रभावकारी सेवा दिने हो । फोहोर छ भन्ने कुरा व्यापक जनगुनासो थियो । उहाँहरुको भावनको म उच्चकदर गर्दछु । हाम्रो कार्यकाल मैं हामी अस्पतालमा हैन सुविधा सम्पन्न होटेलमा आएको जस्तो आभास दिलाउने गरी सेवा प्रदान गर्ने गरी काम गर्दै छौं । हाम्रो कार्यकालको नतिजा जनताको मन जित्ने गरी पाउनुहुनेछ । त्यसको लागि हामीलाई केही समय दिनुहोस् । यो अस्पताललाई साँच्चिकै सबै सेवाप्राप्त हुने, छिटो छरितो र भरपर्दो अस्पतालका रुपमा आमनागरिकले पाउनुहुनेछ ।
य भेरी अस्पतालमा कोरोनाले कस्ता अवसर वा प्रभाव पारेको जस्तो लाग्छ वा अरु केही फरक अनुभव ?
म अहिले पश्चिम क्षेत्रकै ठूलो अस्पताल भेरी अस्पतालको नेतृत्व गरिरहेको छु । कोरोनाले अवसर होइन असर पारेको छ । त्यो पनि ठूलो असर गरिरहेको छ । हामी रातदिन कोरोनाकै बिरामीको सेवामा लागि रहेका छौं । जनरल बिरामीलाई सेवादिने हामीलाई केही चुनौती थपिएका छन् । यहि अस्पतालमा कार्यरत ४५ जनाचिकित्सक एवं स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित हुनुभयो । त्यो नागरिककै सेवा प्रवाह गर्दा संक्रमित भएको हो । तर, पनि कत्तिपनि विचलित नभई स्वास्थ्यकर्मीहरु काम गरिरहनु भएको छ । कोभिडले एउटा स्वास्थ्य क्षेत्रमा ठूलो पाठ सिकाएको छ ।
त्यो भनेको जुनसुकै बेला पनि ठूला–ठूला महामारी आउन सक्छन् । त्यसको लागि अस्पतालका भौतिक संरचना, स्वास्थ्यऔजार, दक्षजनशक्तिको पूर्व व्यवस्थापन हुन जरुरी हुने रहेछ । शतप्रतिशत तयारी अवस्थामा हुनुपर्ने कुरा पनि यो महाव्याधीले सिकाएको छ । कोभिड १९ पछाडि पश्चिम नेपालको केन्द्रमा रहेको यस भेरी अस्प्तालमा पीसीआर मेसिन आएको छ, जुन कोरोनापछि पनि अन्य स्वास्थ्य जाँचमा प्रयोग हुनुका साथै महत्वपूर्ण स्वास्थ्यउपकरणहरु प्रदेश सरकारबाट प्राप्त हुनुलाई अवसर भन्न सकिन्छ ।
त्यस अनुपातमा स्वास्थ्य जनशक्ति पनि थप गरिएको छ । यद्यपी यसलाई निरन्तरतालिनका निम्ती एवं अबका दिनमा स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर लाग्न सरकारसंग अनुरोध गर्दछु । हामी संग केही उपकरणको कमी भएता पनि अब भेरी अस्पतालमा भांैतिक संरचना र दक्ष दरबन्दीअनुसारको चिकित्सकको आवश्यकता छ । त्यो पुरा गर्न हामी निरन्तर लागि परेका छौं । हामी सरकारसंग माग र सकारात्मक दबाव पनि दिइरहेका छौं । ५ सय बेडको विशेषज्ञ अस्पतालका रुपमा सरकारले घोषणा गरेसंगै सोको कार्यान्वयन गर्न हामीलाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरणहरु उपलब्ध गराउनुपर्दछ ।
अपुग जनशक्ति हामी आपंmै विकास समितिबाट परिपूर्ति गरेर भएपनि अगाडी बढ्छौं । साँच्चिकै अस्पताल कस्तो हुनुपर्दछ, जनतालाई कसरी सेवा प्रदान गर्नुपर्दछ, हामी देखाएरै छाड्छौं । यहि हाम्रो प्रतिबद्धता पनि हो । अनि हाम्रो दृढ संकल्प ।








