बाँके प्रहरीले मंगलबार दुई जनालाई मरेको चित्तल सहित पक्राउ गरेको छ । बाँके राप्तिसोनारी गा.पा.६ कुण्डाचोक स्थितमा जंगली जनावर (चित्तल) मारेको भन्ने सुचनाको आधारमा कारवाही गर्दा जिल्ला बाँके डुडुवा गा.पा.वडा नं. ४ राप्तीनदी पुलमा फत्तेपुरबाट नेपालगन्ज तर्फ आउदै गरेको मोटरसाइकलमा राखी ल्याएको चित्तल फेला पारेको हो ।
सामेल रोकाले चलाई ल्याएको भे ८ प ५४६५ नं. को मोटरसाईकलमा अन्जन हमालले बोरामा राखी समातेर बसेको २५÷२६ केजीको जातको चित्तल फेला पारी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।











