प्रदेश नं. ५ को राजधानी देउखुरी पारित

प्रदेश नं ५ को प्रदेशसभामा मगलबार भएको मतदानबाट राजधानी देउखुरी पारित भएको छ । । सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग देउखरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव पारीत भएकाे हाे ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

यसअघि सोमबार नै सरकारले प्रदेशको नामकरण लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिसकेको थियो ।

मतदान अघि प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सभामा पेश गर्नुभएको प्रदेश नं ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराएका हु्न् ।

प्रस्ताव दुई तिहाईले पारित भएसँगै सशोधन प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशको नामका सम्बन्धमा अहिले मतदान चलिरहेको छ । लुम्बिनी नामका लागि प्रदेशसभा सदस्यहरुले पक्ष, विपक्षमा मतदान गरिहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया