२२ दिनदेखि अनसनरत् प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका लागि नेपालगन्जमा मौन प्रार्थना र दीप प्रज्वलन गरिएको छ ।

हामी तपाईका साथमा छौं, डा. केसीको मागमा सुनुवाइ र उनको जीवन रक्षाका लागि अपील गर्दै प्ले कार्ड अनि मैनबत्ती बालेर नेपालगन्जको धम्बोझी चोकमा उभिएका युवाहरुले भनिरहेका थिए । उनीहरुले स्वस्फूर्त सत्याग्रहीका पक्षमा प्रदर्शन गरिएको बताए । यो स्वस्फूर्त हो, पत्रकार बसन्त शर्माले भने । प्रदर्शनमा भेटिएका लेखक भोजराज शर्माले डा. केसीलाई नागरिकको साथ छ भन्ने सन्देश दिंन र उनको जीवन रक्षार्थ त्यसरी प्रदर्शन गर्नु परेको बताए ।













