क्ञ्चनपुरकी महिलाको कोहलपुरमा मृत्यु

बाँकेमा कोरोना संक्रमित हुनेहरुको संख्या दुई हजार नाघेको छ । कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २० पुगेको छ ।

क्ञ्चनपुरकी एक महिलाको बाँकेमा आइतवार विहानै मृत्यु भएको छ । महेन्द्रनगर २ कञ्चनपुरकी २९ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमण भइ उपचारका लागि आउनेहरु मध्ये ९ जनाको अहिलेसम्म मृत्यु भइसकेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


यता, बाँकेमा कोरोना संक्रमित हुनेहरुको संख्या दुई हजार नाघेको छ । कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २० पुगेको छ ।
शनिबार थप एक पुरुषको मृत्यु भएको छ । थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ३६ पुगेको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुुसार शनिबार नेपालगन्ज–१२ कोरियनपुरका ६० वर्षका पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा अपरान्ह ४ः५६ मा कोरोनाबाट मृत्यु भएको हो । असोज १५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई एन्टिबायोटिक्स र रेम्डिसिभिर लगायतका उपचार विधि अपनाउँदा पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
शनिवार एकै दिन ४३ संक्रमित थपिएका छन् । फोकल पर्सन श्रेष्ठका अनुसार, बाँकेका तिन वटा ल्याबमा गरिएको परिक्षणमा ४३ जना नयाँ संक्रमित थपिएका हुन । जसमध्ये भेरी अस्पतालको प्रयोगशालामा २४, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६ र वागेश्वरी ल्याबमा गरिएको कोरोना परिक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया