प्रदेश ५ प्रदेशसभामा प्रदेशको स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी राख्न प्रस्ताव

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रदेश ५ को स्थायी राजधानी देउखुरीमा राख्ने प्रस्ताव गरेका हुन् ।


प्रदेशसभामा पेस गरेको प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि मात्र स्थायी राजधानीको टुङ्गो लाग्नेछ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार भएको बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो ।

दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया