बाँकेमा बिहीबार थप दुईको कोरोनाका कारण ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लाका एक र जिल्ला बाहिरका १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थय कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले भेरीगंगा ५ सुर्खेतकी ७५ बर्षीय महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्े । मृतक महिलामा दुर्घटनामा परी हाड भाँचिएको, मृर्गौला रोगमा डायलोसिस गराइरहेको अवस्था रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा ५५ बर्षीय नेपालगन्ज निवासी एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनको बिहीबार विहान र मृतक महिलाको बुधबार राती १ बजे मृत्यु भएको हो ।








