बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आइपुगेका एक जना कोभिड संक्रमितको अस्पताल नपुग्दै मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुग्न लाग्दा कोभिड संक्रमित ७६ बर्षीय महिलाको मृत्यु भएको हो । मृतक महिला जाजरकोट निवासी रहेको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेमा बाहिरि जिल्लाबाट भर्ना भएर उपचारको क्रममा कोभिड १९ को संक्रमणबाट मृत्यु भएको संख्या ७ पुगेको छ ।
मृतक पित्त थैलीको बिरामी भई उपचारमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।









