भावुक योगी
कोरोना संक्रमणका कारण बर्दियाको सदरमुकाम गुलरियामा रहेको बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद कुमार अग्रवालको मृत्यु भएको छ ।

बर्दिया गुलरिया नगरपालिका ५ का ५२ वर्षीय क्याम्पस प्रमुख अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
हाम आइसोलेसनमा उनलाई स्वास्थ्यमा जटिल समस्या आएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । अस्पतालको कोभिड आइशोलेसनमा भर्ना हुन नपाउँदै मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।
क्याम्पस प्रमुख अग्रवाल फोक्सोको क्यान्सरबाट पीडित रहनुभएको जनाईएको छ । योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
यसैबीच, बाँकेमा शनिबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालमा १३, नेपालगन्ज् मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर ल्याबमा १४ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा पुरुष र महिला आठ आठ जना रहेका छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ४ पुगेको छ ।
शनिवार ५० जना संक्रमित निको भइ विभिन्न आइसोलेसनबाट घर फर्किएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ एक हजार ४११ त्था सक्रिय संक्रमितको संख्या ३ सय ८१ पुगेको छ । जिल्ला भित्रका १२ तथा जिल्ला बाहिरका ६ जनाको संक्रमणपछि बाँकेमा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।









