हाम्रो अवस्था कस्ले बुझ्ने सरकार ?

हामी जीउँदै छौं कि सरकारले जनताको खबर लिएको छ र ? एक पटक शुरुमैं १५/१५ किलो चामल र सढेको दाल दिएका थिए, त्यसपछि कोही फर्किएर आएका छैनन् । तीन दिनको रासनपानी दिएको सरकारले ६/६ महिना कामधाम बन्द गरेर कसरी जनता बाँचेका होलान् भन्ने खबर लिनु पर्दैन ?


शाहिदा शाह
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ पुरैनीस्थित किंगरियनपुरवा मुस्लिम बाहुल्यता भएको गाउँ हो । शुक्रवार र शनिवारको निषेधाज्ञापछि आइतवार दिउँसो त्यहाँको अवस्था बुझ्न दैनिक नेपालगन्जको टिम त्यहाँ पुग्दा अधिकांश महिला र पुरुषहरु सबै आ–आफ्नो घर अगाडि बसिरहेका भेटिए ।
उनीहरुको हाउभाउ र अनुहारले भनिरहेको थियो, कसैको घरमा खाना पाकेको थियो भने कसैको घरमा चुल्हो नै बलेको थिएन् । सानासाना बच्चाहरु आफ्नै सुरतालमा टोल भरी कोही कपडा लगाएर भने कोही कपडा नलाएरै खेल्दै थिए । जसको घरमा खाना पाकेको थियो तिनको अनुहार फरक थियो भने जसका घरमा चुल्हो बलेको थिएन् तिनका अनुहारमा निराशा प्रष्ट झल्किदैं थियो ।
नेपालगन्ज, अर्थात् ऐतिहासिक सहर । त्यसको एउटा वार्डको त्यो वस्तीका ३ सय बढी बासिन्दा अहिले पनि बाल विवाहलाई उचित ठान्छन् । उच्च शिक्षा हासिल गरेको व्यक्ति फिटिक्कै नभेटिने त्यहाँ राजनीतिक चेतनापनि पाइँदैन । दैनिक ज्याला मजदुरी गर्ने, जिल्लाका गाउँगाउँमा पुगेर चुरा र श्रृंगारका सामान बेचेर भएको आम्दानीबाट गुजारा चलाउने समुदाय । कतिपय महिला शहरमा घरेलु कामदारका रुपमा काम गरी परिवार पालेका पाइन्छन् भने कतिपय दैनिक मागेर पनि गुजारा चलाइरहेका छन् ।
यति दुरावस्थाको वस्तीमा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणले पटक्कै छोएको छैन । छोएको छ त कोभिड–१९ महामारीका कारण सरकारले लागे गरेको लकडाउनले । गतचैत्र देखि लगाइएको निरन्तरको लकडाउन अहिले आएर लाग्ने र हटाउने भइरहेको कुरा यी गाउँलेले मेसो पाएका छैनन् । पाएका छन्, त कामको हण्डर । भोको पेट भर्न सरकारले पांँच महिना अगाडि बाँडेको राहत बाहेक अरु कहिंकतैबाट सहयोग नपाएका यी मजदुर वस्तीका गाउँले भन्छन्, ‘अब त मागेर पनि पाउने अवस्था रहेन ।’
किंगरियनपुरवाका रज्जब किंगरिया भन्छन्, ‘सरकारले विकल्प बिनाको अनिश्चितकाल लकडाउनको घोषणा त गर्यो तर जनताको पीडा बुझेन् ।’ ‘हामीले लकडाउनलाई समर्थन जनाउदैं सकेसम्म पालना गर्यौं,’ दैनिक नेपालगन्जसँग निकै भावुक ढंगले प्रस्तुत भएका रज्जबले भने, तर अब आफ्नो र परिवारको पेट भर्न बजार व्यवसाय खुलाउनु प¥यो ।’ होइन भने दैनिक छाकको व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।
स्थानीय महिला नसिमन किंगरियाको अवस्था पनि उस्तै छ । सरकार भन्छ, मास्क लगाऊ गाउँलेहरु भन्छन्, कसले दिन्छ ? ‘हामीसंग खाने व्यवस्था छैन् अब मास्क कसरी किनौं ?,’ नसिमनले आक्रोसित हुँदै भनिन्, ‘अनि ६ महिना देखि मास्क लगाउँदा लगाउँदैं अब त श्वास फेर्न समस्या आउन थाल्यो ।’ विना मास्कनै गाउँमा भेटिएका उनीहरुले आफुहरुले अब मास्क नलगाउने पनि बताए । ‘सरकारले सबै बाधा हटाएर गरिखाने व्यवस्था गरोस्,’ उनीहरु एक स्वरले भन्छन्, ‘होइन भने हामीलाई वर्षदिन पुर्ने गरी राशनपानीको व्यवस्था तत्काल गरोस् । ’
‘ म एउटा गरीब परिवारकी सदस्य,’ दैनिक नेपालगन्जसँग व्यथा सुनाउन आइपुगेकी एक महिलाले संवाददाता छेउ आएर आफ्ना कुरा राखिन्, ‘मैले छोरीको विवाह पनि आफ्नो हैसियत अनुसारको परिवारमा (भारतमा) गरेकी थिएँ । उहिले केही समस्या पर्दा खानाका यहींबाट सक्दो व्यवस्था गरिदिन्थे । तर अहिले कोरोनाका कारण लगाइएको लकडाउनमा परि छोरी भोकै मर्ने अवस्थामा पुगेकी छ ।’ नेपाल– भारत नाका बन्दका कारण्ण परेको प्रभावले उनको छोरी रुँदै फोन गरेको सम्झँदै भन्छिन्, ‘ऋण खोजेर दिन जाँदा सीमामा उभिएका प्रहरीले लठ्ठी देखाएर भगायो ।’ उनीसँगै रहेका अर्का एक जना पुरुषले निरन्तरको बन्दले गाउँमा भोकमरी लागिसकेको जनाउ दिंदैं भने, ‘कि काम गर्ने वातावरण दिनुप¥यो कि खाना ।’ उनको कुरामा सबैजसो गाउँलेले सह िथप्दै भने, ‘हामी जीउँदै छौं कि सरकारले जनताको खबर लिएको छ र ? एक पटक शुरुमैं १५÷१५ किलो चामल र सढेको दाल दिएका थिए, त्यसपछि कोही फर्किएर आएका छैनन् । तीन दिनको रासनपानी दिएको सरकारले ६÷६ महिना कामधाम बन्द गरेर कसरी जनता बाँचेका होलान् भन्ने खबर लिनु पर्दैन ? प्रश्नमाथि प्रश्न थपिएपछि निरुत्तर हाम्रो टिम फिर्ता भयो ।

प्रतिक्रिया

प्रतिक्रिया