बाँकेमा शुक्रवार ३४ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालले दिउसो निकालेको नतीजा (हेर्नुस्) मा ४३ मध्ये ३४ जना बाँकेका हुन् । आज थपिएका मध्ये अधिकाँश अर्थात २६ जना नेपालगन्जका छन् । डुडुवाका ६ जना र कोहलपुरका २ जना छन् ।

बिहानैदेखि संक्रमण विस्तार रोक्न बाँकेमा भोलि शनिवारसम्म निषेधाज्ञा जारी गरिएको छ ।











