देशभर ४० हजार ५ सय नाघ्दा बाँकेमा थपिए २४ संक्रमित

बाँकेमा थप २४ संक्रमित मंगलवार बाँके जिल्लामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको ल्याबको नतिजा दिंदै (हेर्नुस्) कोरोना फोकल पर्सन नरेश श्रेष्ठले २४ जनामा संक्रमण पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालयका ७ सहित ९ जना प्रहरी, एनआइसी एशिया, नबिल र माछापुच्छ्रे बैंकका एक एक जनामा कोरोना संक्रमण भएको हो । त्यसैगरी बर्दियाका ४ र दाङका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु भएको छ भने २२ हजार १७८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७६८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया