कोरोनाः बाँकेमा ९२७ थपिंदा बाँकेमा १५ थप

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसक्रममा बाँकेमा १५ जना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।
शुक्रवार बाँकेमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय नमुनाको परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया