तपाईलाई थाहा छ जंगे करबलाको यथार्थता र हिजरीको सुरुआत ? जानकारी दिने प्रयास गरिएको छ ।

हुन् त हामी करबलाका शहीदहरुलाई कहिले बिर्सेका हुदैनौं तर जब जब मुहर्रमको महिना आउंछ तब तब करबलाका शहीदहरुको सम्झना झन् ताजा भइहाल्छ । जसले हदीश शरीफको ज्ञान तिनीहरुलाई करबलाको जंग (युद्ध) हुने मुख्य कारण , युद्धका बेला इमामका अहबाबसंग गरिएका अमानवीय व्यवहार र त्यसपछिको यजीदको हशर (परिणाम) समेत थाहा छ । तर अधिकांशलाई थाहा नहुन नि सक्छ कि करबलाको युद्ध हुनुको कारण के थियोरु किन इमाम हुसैन अलैहिस्सलामले यजीदको समर्थन गर्न अस्वीकार गर्नुभयो रु कसरी उहांलाई धोकाले कुफा बोलाएर शहीद गरियो रु उहांको शहादत पश्चात के गरे ? यी यावत जानकारीलाई यस लेखभित्र समेट्न प्रयत्न गरिएकोछ ।
जंगे करबलाको पृष्ठभूमि
सन् ६० हिजरीमा मुल्के शामभित्र एक तानाशाह, अत्याचारी, दमनकारी ,निरकुंश र अय्याशी शासक थियो जसको नाम यजीद थियो । उसको शासनसत्ता अरबभित्र मात्र नभई ईरान , इराक र यमनका केही भूभागमा सम्म कायम रहेकोथियो ।
उतिखेर यजीद एक यस्तो शक्तिशाली र इस्लाम विरोधी शासक थियो । जसले इस्लाम धर्मको नाममा कुरिति , कुसंस्कार र अन्धविश्वास फैलाउनुका साथै ,गलत तरिकाले सामाजिक र धार्मिक गतिविधिहरु सञ्चालन गर्थ्यो । इस्लाममा हराम अर्थात निषेध गरिका कार्यहरु गर्थ्यो जस्तैः रक्सी जुवातास ,ब्याज लेनदेन , वेश्यावृति, बांदरको नाच हेर्ने, कुकुरसंग खेल्ने, बांसुरी बजाउने, इस्लाममा निषेध गरिएको नाता ९महरम जस्तः सौतेनी आमा , फुफू, भाई, बहिनी आदि० संग वैवाहिक र अनैतिक सम्बन्ध राख्ने, महिलाहिंसा , विधवा र गरीबको अपमान , समाजमा अन्याय र अत्याचार गर्नु उसको दैनिकी र उसको आनीबानी थियो । अनि ऊ आफ्नो यिनै गलत अनैतिक, अमर्यादित, कुसंस्कार र इस्लाममा निषेधित कार्य अनि गतिविधिहरुलाई इस्लाममा दाखिल गर्ने गराउने सोच राखेको थियो ।
तर उसलाई यो राम्ररी ज्ञात थियो कि जब सम्म हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहेवसल्लमका नाति इमाम हुसैन अलैहिस्सलामको समर्थन प्राप्त हुदैंन् तबसम्म सम्भव छैन् । उसले पटक पटक पत्र लेखेर र आफ्नो कासिद (सन्देश पुर्याउने व्यक्ति) पठाएर उहांको समर्थन पाउने प्रयास गर्यो । तर जब उसको गलत नीयत र कार्यलाई इमाम हुसैन अलैहिस्सलामले समर्थन गर्नु भएन् । तब उसले झूठो पत्र लेखेर सय्यदना इमाम हुसैनलाई बोलायो ।

शाहिदा शाह
पत्र पाएपछि इमाम हुसैन अलैहिस्सलाम आफ्ना ७२ जना अहबाबहरु जस्ता ६ महिनाका दुधमुखे बालक अलि असगर सहित वृद्ध , महिला र युवामा हजरते कासिम लगायत सामिल थिए । उहांले सबैलाई लिएर मदीना शरीफबाट निस्किनुभयो । तर बीच बाटोमै यजीदका सिपाहीहरुले यजीदको आदेश अनुसार उहांको काफिलालाई रोकि हाले। यजीदले आफ्ना सिपाहीहरुलाई भन्यो ू कि त इमाम हुसैन अलैहिस्सलामको बैअत ९समर्थन० ल्याऊ कि उहांहरुलाई शहीद गरी देऊ ।ू यजीदको आदेश पाउन साथ उसको सेनापतिले सिपाहीहरुलाई नहरेफुरात ९फुरात नदी० माथि तैनात गरिदियो र भन्यो कि ूइमाम हुसैन अलैहिस्सलामको कुन्बा९ आफन्त० लाई एक थोपा पनि पानी लैजान न दिनु जनावरले पानी खाऊन् तर इमाम हुसैन अलैहिस्सलाम र उहांका अहबाबसम्म एक थोपा पानीको न पुगोस् ।ू सिपाहीहरुले यजीदको आदेशको पालन गरे र एक थोपा पनि पानी लग्न दिएन्न् । उहां र उहांको पुरा कुन्बा ९परिवारजन० भोका प्यासा रहे । यहां सम्म कि उहांका सबै अहबाबलाई शहीद गरियो । गहभरी आंशुका यहां पुरै घटना बयान गर्न सक्ने अवस्था र हौसला छैन् तथापि इमाम हुसैन अलैहिस्सलामको शहादत र इमामको शहादत पश्चात यजीदीले गरेका अमानवीयता छोटकरीमा लेख्ने चेष्ठा गरिएको छ ।
इमाम हुसैन अलैहिस्सलामको शहादत
दश मुहर्रम शबेआशुराका दिन जब सय्यदना इमाम हुसैन अलैहिस्सलामका परिवारका सदस्य र अहबाब शहीद भइसके । तब सय्यदना इमाम हुसैन अलैहिस्सलाम आफु रणभूमिमा जानुभयो र यजीदीहरुलाई फरमाउनुभयो “तिमीहरु अहिले पनि आफ्नो गल्ती सुधार गर्न सक्छौं म तिमीहरुले शहीद गरेको मेरा अहबाबहरु शहादत माफ गरी आफ्ना हजुरबुवा पैगम्बरे इस्लामसंग तिमीहरुको शिफाअत गराउने छु । यो तिमीहरुका लागि अन्तिम अवसर हो ।“ तर ती यजीदीहरु सूबेदारी, शासनसत्ता र सम्पतिको लोभलालचमा यति अन्धो भइसकेका थिए जसले सही, गलत, हक बातिलमा फरक नै देख्न सकिरहेका थिएन्न् । त्यस कारण उनीहरुले युद्ध नै गर्ने निर्णय गरे ।
त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामले उनीहरुको निर्णयलाई स्वीकार गरी रणभूमिमा आउनुभयो । तीनदिनको भोकतिर्खा, ७१ आफन्तजनहरुको शहादतको दुख ,आफु शहीद भइसकेपछि परिवारकी महिलाहरुको अस्मिताको चिन्ता मनमा थियो । तर रणभूमि उहांको पराक्रम देखेर यजीदी फौजभित्र त्रास फैलियो सबै यजीदी सेनाका ठुलाठुला योद्धाहरु भयभीत थिए । कसैमा अगाडि बढ्ने हिम्मत थिएन । उनको एक वार ९आक्रमण० मा सैकडौं यजीदी मारिन्थे । उनको तरबार चट्यागं जस्तै चम्किरहेको थियो र त्यो तरबारले हजारौं यजीदीहरुलाई मृत्युको शैय्यामा पुर्याइ रहेथियो । तरवार थियो कि रोकिराहेको थिएन्।
तर एकछिनपछि तरबार रोकियो । किनभने नमाजको समय थियो । नभन्दै जब सय्यदना इमाम हुसैन अलैहिस्सलाम जब नमाज पढ्न सज्दामा९शिर भुईमा निहुराउनुभयो० जानुभयो । यजीदी फौजको सेनापतिले भन्यो यही मौका हो अहिले नै शहीद गरिदेऊ यदि नमाज पढेर इमाम उठें भने फेरी हामी माथि त्यस्तै आक्रमण गर्नेछन् । त्यही मौका छोपेर दुष्टहरुले सय्यदना इमाम अलैहिस्सलामलाई सज्दामा नै शहीद गरीदिए ।
त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामको शिर मुबारकलाई नेजा ९रणभूमिमा प्रयोग हुने एक प्रकारको हतियार० माथि राखेर पछाडि महिला बालिका र बिरामी हजरत इमाम जैनुल आबेदीनलाई जन्जीरमा बाधेंर नगर परिक्रमा गरी यजीदको दरबार सम्म लग्न थाले । यसरी कैदी बनाइ लग्ने क्रममा बाटोमा कसैले यो कसको जुलुश हो र यो शिर कसको हो भनि सोध्दा उनीहरुले यो बाघी९द्रोही०हरुको शिर र तिनका आफन्त हुन् भन्थे ।
एक यहुदीले देखेपछि उसले तिनी बारे थाहा पाएपछि गाली गर्यो र भन्यो “जसको कल्मा पढ्छौं उनकै नातीलाई शहीद गरिदियौं पापी निर्लज्जहरु उनीहरु हक ९सत्य०साथ थिए । ”
बाटोमा फेरी कसैले यसरी गाली नगरोस् भनी लाजले यजीदीहरुले आफु मध्ये एकजना कारी९धर्मगुरु०लाई जुलुसका अगाडि अगाडि कुरान पढाउदैं लगिरहे ताकी देख्ने उनीहरुलाई हक९सत्य० र कुरानपाक वाला सम्झिऊन् ।
तर देख्नेले देखे नेजामाथि राखिएको सय्यदना इमाम हुसैन अलैहिस्सलाम कटेको शिरले कुरानपाकको तिलावत गरिरहेका थिए । सय्यदना इमाम हुसैन अलैहिस्सलामले नेजामाथि कुरानपाक पढेर यो बताइदिनुभयो कि कुरानपाक न हामीबाट छुट्टिएको न हामी कुरानपाक बाट छुट्टिएकाछौं । संसारलाई बताइ दिनुभयो कि हामी नै हकमा छौं ।
आज संसारमा यजीदको नाम लिने कोही छैन् , तर घर घर हुसैन अलैहिस्सलामको चर्चा छ । यजीद यति पापी र दुष्ट थियो कि कसैले आज सम्म आफ्नो बच्चाहरुको नाम यजीद राखेन् । यहां सम्म कि यजीदपलीदको चिहान कहां छ भनी कसैलाई थाहा छैन् । तर आज हर घरमा कसै न कसैको नाम हुसैन राखिन्छ । इमाम हुसैन अलैहिस्सलामको मजार मुबारक आज पनि इराकको करबला शरीफमा कायम रहेछ जसलाई एकदमै आलीशान बनाइएकोछ । जहां विश्वभरी मुस्लिमहरु आज पनि हाजिरी दिन जाने गर्छन् ।
ूकत्ले हुसैन अस्ल में मर्गे यजीद है
इस्लाम जिन्दा होता है हर करबला के बादू
किन र कसरी मनाईन्छ मुहर्रम पर्व
करबलाका शहीदहरुको सम्झनामा नै हरेक वर्ष मुस्लिम समुदायले मात्र नभइ अन्य समुदायले पनि मुहर्रम पर्व मनाउने गर्छन् र करबलाका शहीदहरुको समझ्नामा रोजा बस्ने गर्छन् र निरन्तर १० दिन सम्म फातेहाखानी गर्छन् र लग्गंर बांड्छन् । नेपालको विभिन्न जिल्लाहरु मध्ये बांके जिल्ला मुस्लिम समुदायको सघन बसोबास छ । जहां हरेक वर्ष ताजिया राखिन्छ । मुस्लिम र अन्य समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रुपमा घर नजिकै रहेका करबलाहरुमा विर्सजन गर्छन् ।
यहां रहेक वर्ष मोहर्रममा यस्तो सौहार्दपूर्ण दृष्यहरु देखिन्छ । किनभने मुस्लिम समुदायको यस पर्वमा हिन्दु समुदायका साथै अन्य समुदायहरुको पनि बढी सहभागिता हुन्छ । अन्य समुदायले पनि ताजिया राख्ने गर्छन् ।
हिन्दू, मुस्लिम, शिख, इसाई लगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परामा र पर्वहरु सगैं मिलेर मनाउंछन् सबैको आस्था सबै धर्मसँग जोडिएको शहर हो नेपालगन्ज।
मुस्लिम समुदायले नेपालगञ्ज लगायतका विभिन्न स्थानमा करबलामा ताजिया विसर्जन गर्नेछन् । यसमा हिन्दू समुदायका व्यक्तिहरुको उत्तिकै साथ र सहभागिता रहेको हुन्छ । मोहर्रमको खास गरी नौ र दश तारीख विशेष दिन भएकाले यी दुई दिन व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, आशुराको नमाज पढ्ने गरिन्छ । मुहर्रम नै इस्लामिक पात्रो अनुसार पहिलो महिना हो र यसै महिनाबाट इस्लामिक नयां वर्षको सुरुआत हुन्छ जसमा मुस्लिम र अन्य समुदायका व्यक्तिहरुले एक अर्कालाई शुभकामना समेत आदाप्रदान गर्छन् ।
कसरी भयो सन् हिजरीको सुरुआत
यहां धेरैलाई थाहा नहुन सक्छ कि इस्लामिक वर्ष हिजरीको सुरुआत कहिलेबाट भयो । त्यसकारण थोरै जानकारी त्यस बारे पनि राखिएको छ । इस्लामिक वर्ष हिजरीको सुरुआत पैगम्बर मुहम्मद सल्लल्लाहो अलैहेवसल्लम जब ५३ वर्षको उमेर मुबारकमा मक्का शरीफबाट हिजरत फरमाएर मदीना शरीफ पुग्नु भयो तब देखि सुरु भयो । हिजरत भन्नाले बसाईसराई हो यस कारण उहां हिजरत फरमाएर मदीना शरीफ पुगेको दिनदेखि इस्लामिक वर्ष (पात्रो) हिजरीको सुरुआत भयो ।
जुन दिन जुन समय हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहेवसल्लम मदीना शरीफ पुग्नभयो त्यो महिना थियो बारारबिउल अव्वल शरीफ र दिन सोमबार थियो । तर मुहर्रम इस्लामिक पात्रो पहिलो महिना पहिलादेखि नै कायम थियो यस कारण महिना त्यही नै रहिरह्यो
त्यो भन्दा पहिला जुन इस्लामिक पात्रो थियो त्यसलाई सन् नबवी भनिन्थ्यो । जसको सुरुआत हजरत मुहम्मद मुस्तफा सल्लल्लाहो अलैहेवसल्लम ४० वर्षको उमेरमा जब नुबूवतको ऐलान गर्नुभयो तब देखि लिएर हिजरत (बसाईसराई) गर्नु अघि सम्मको समयावधी हो भनी जानकारी पश्चात पुनः मुहर्रमकै कुरा गर्ने हो भने ।
नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जाति समुदायले मुहर्रमको नौं तारीखको राति आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जागरण बसेर कुरानपाक र नमाज पढेर ताजियादारी गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया लिएर करबालामा पुगी ताजिया सेलाईन्छ । सांझ खाना र गुलियो परिकार बनाई इमाम हुसैन अलैहिस्सलाम र उहांका अहबाबका नाममा फातिहा पनि गराईन्छ । ताजिया विसर्जन भएको दुई दिनपछि हुने विशेष फातिहामा गरिब तथा विपन्न समुदायका र आफ्ना छिमेकी साथीभाईहरुलाई विभिन्न परिकार वा मीठो खाना खिचडा हलुवा बिर्यानी खीर आदि पकाएर फातिहा गरी टोलछिमेकमा बाडिन्छ र घर बोलाएर पनि खुवाईन्छ । मुहर्रम र करबलाको इतिहास मानवता , न्याय, शरीयत इस्लामको पासदारी , हकपरस्ती र सद्भावको जीवन्त उदाहरण हो ।
कसरी मनाउने यसपालि मुहर्रम पर्व
अहिले कोभिड-१९ कोरोना भाईरस महामारीका कारण लागु गरिएको लकडाउनका कारण सारा विश्व आर्थिक मन्दीको मारमा छ । जसको असर स्वरूप नेपालमा रहेका समेत गरीब र दैनिक ज्यालादार मजदूरका परिवार भोकमरीका सिकार भए । तर बांके जिल्लाका मुस्लिम समुदायका मेराज अहमद लगायतका मनकारी परोपकारी समाजसेवीहरुले मिलेर सामुहिक रुपमा लकडाउनमा गरीब परिवारलाई भोकै बस्न न परोस् भनी खाद्मान्न वितरण कार्यको सुरुआत गरे । जुन कार्यको सह्रना अन्य जिल्लाबासीले गरेर आफु पनि आ आफ्नो जिल्लामा राहत वितरण कार्य गरे जसले गर्दा देशका अधिकांश गरीब परिवारलाई केही हद सम्म राहत भयो ।
अब मुहर्रमको सुरुआत हुन थालेछ अहिले पनि अवस्था सामान्य भइसकेछैन् धेरैलाई खाना पुगिरहेको छैन् । तसर्थ ती गरीब मजदूर परिवार लाई कम्तीमा मुहर्रमको १० दिन दुई छाक खाना ूलंग्गरे हुसैनीूआफ्नो टोलमा नेपाल हज समितिका सदस्य मेराज अहमदको अगुवाईमा मुन्ना मन्सुरी लगायतका मनकारी समाजसेवीहरुले मिलेर आयोजना गर्नेछन् । हामी सबैले उहांहरुको यो सह्रनीय कार्यमा आफुले हातेमालो गर्न सक्छौं । साथै आ आफ्नो टोल कम्तीमा १० दिन लंग्गरे हुसैनीको आयोजन गरी समाजमा मानवताको मिशाल कायम गर्न सक्छौं किन भने हामीलाई करबलाको दास्तान यही पाठ सिकाउंछ ।
शाह अस्त हुसैन बादशाह अस्त हुसैन
दीन अस्त हुसैन दीन पनाह अस्त हुसैन
सर दाद न दाद दर दश्ते यजीद
हक्का के बिनाए लाइलाह अस्त हुसैन








