पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।
त्यसक्रममा बाँकेमा बुधवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १३ र बर्दियाका २ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार, नयाँ थपिएका संक्रमितमध्ये ८ जना कोहलपुरका, ३ जना नेपालगञ्जका तथा राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका एकएक जना रहेका छन् । यस्तै बर्दियाको मधुबनका २ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । हिजो बाँकेमा १६ जना संक्रमित भेटिएका थिए ।








