मन्त्रीको पर्खालमा झोलाको झमेला

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलको नेपालगन्ज गणेशपुरस्थित घरमा शुक्रवार राती केहीबेर तनाव भएको छ । घरको पर्खालमा शंकास्पद झोला राखिएपछि सुरक्षाकर्मीले रहस्य पत्ता नलगाउँदासम्म तनाव भएको हो ।
नेपालगन्जको त्रिवेणी मोडमा विहीवार राती फेला परेको बेवारिसे झोला (सुटकेस) ले झण्डै एक घण्टा सुरक्षाकर्मीलाई तनावमा पारेको हो । ठिक त्यही शैलीमा शुक्रवार मन्त्री रावलको घर पर्खालमा झोला राखिएको थियो ।
स्थानीयले शंकास्पद बस्तु बम भएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेपछि पुगेको सेना र प्रहरी टोलीले फगत सुटकेस फेला पारेको विहीवारको घटना नसेलाउँदै मन्त्री रावलको घरपर्खालमा बेवारिसे झोलामा पुराना कपडामात्र फेला परेको छ ।
बाँके प्रहरी प्रमुख ओम रानाले शंकास्पद बस्तु रहेको जानकारी आएपछि आफै फिल्डमा पुगेको र सेनाको विशेष टोली आइपुगेपछिमात्र झोलामा पुराना कपडामात्र फेला पारेको जानकारी दिए । कसले किन यसरी अनाहकको झमेला सिर्जना गरिरहेको होला ? दैनिक नेपालगन्जको प्रश्नमा प्रहरी उपरिक्षक रानाले त्यसको पत्ता लगाइने बताए । मन्त्री रावलले आफन्तले घटनाबारे आफुलाई जानकारी गराएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया