कोरोनाः मृत्यु हुनेको संख्या ९५ पुग्यो, २४ हजार ९५७ मा संक्रमण

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ९५ पुगेको छ । बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो । त्यसक्रममा बाँकेमा २२ जनामा थप संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ । विहीवार सम्म मृत्यु हुनेको संख्या ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया