बाँकेमा 15 सहित देशभर 338 संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । साेमबार देशभर ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले आज बाँकेमा 63 जना पाेजेटीभ भएकाे रिपोर्ट सार्वजनिक गरेपनि भेरी अस्पताल नेपालगन्जले बाँकेमा हिजो आइतबार ४८ र आज विहान 15 जना थपिएको (हिजो रातीको) विवरण सार्वजनिक गरेको छ । साेही िववरणा मन्त्रालयले अाज सावर्जिनक गरेकाे हाे ।

यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५/१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलाली र सल्यानका ७/७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४/४ जना, महोत्तरी, बारा र गोरखाका ३/३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २/२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया