बाँकेमा थप २० जनामा कोरोना

बाँकेमा थप २० जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जका अनुसार, बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो ।

बर्दियाका २ जनामा पनि कोरोना देखिएको छ । बाँके खासगरी नेपालगन्ज पछिल्ला दिनमा कोरोनाको केन्द्र बन्दैछ । पछिल्ला दिनका हरेक रिपोर्टमा नेपालगन्जका केही व्यक्तिहरुमा कोरोना पुष्टि भैरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया