अख्तियारको फन्दामा बाँके निकुञ्जका वार्डेन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नियन्त्रणमा लिएको छ । आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले दिएको जानकारी अनुसार, विशेष सूचनाका आधारमा वार्डेन भट्टराई र रोकायलाई नियन्त्रणमा लिइएको हो ।
निकुन्जको बा.२ झ १८७३ को गाडीमा बुटवलतर्फको यात्रा गरिरहेका उनीहरुलाई अख्तियार प्रदेश कार्यालय बुटवलबाट खटिएको टोलीले सोमबार विहान ११ः३० बजे सैनामैना नगरपालिको सालझण्डीबाट नियन्त्रणमा लिएको सूचना अधिकारी भुसालले नेपालगन्जन्यूजलाई जानकारी
दिए । भुसालका अनुसार, नगद ३ लाख ४८ हजार र बैङ्कमा जम्मा गरेको पाँच लाखको भौचर सहित नियन्त्रणमा लिइएका उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । बुटवल स्थित अख्तियारको हिरासतमा राखिएका दुबैलाई थप अनुसन्धानका लागि मंगलवार केन्द्रीय टोलीलाई बुझाइने सम्बद्ध स्रोतको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया