कोरानाः संक्रमितको संख्या २० हजार ७५० पुग्यो

मुलुकभर लकडाउन खुकुलो भएपछि संक्रमणदर ह्वात्तै बढेको छ । त्यसक्रममा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

त्यसक्रममा नेपालगन्जमा ११ जनामा संक्रमण पुष्टि भएको छ । यो साता बाँकेमा संक्रमण ह्वात्तै बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय सिल गरिएको छ । वडाध्यक्ष सहित कार्यालयका ६ कर्मचारी, दुई वडासचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको कार्यवाहक नगरप्रमुख उमा थापामगरले जानकारी दिइन् ।
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ५४ जनाको स्वाब संकलन गरिएकोमा एक जना वडाध्यक्षसहित ८ जनामा सोमवार संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया