द्वन्द्वपीडितलाई गुजारा चलाउनै मुस्किल

टिजे नेटवर्क बाँकेको बैठक : द्वन्द्वपीडितको सवाल सम्बोधन गर्नु पर्नेमा जोड

टिजे नेटवर्क बाँकेको बैठकमा बर्तमान कोरोना कहरमा द्वन्द्वपीडितलाई पारेको प्रभावका बिषयमा छलफल गरिएको छ । लामो समयदेखि न्यायको प्रतिक्षामा रहेका द्वन्द्वपीडितहरु कोरोना कहरका कारण झनै मर्कामा परेको उल्लेख गर्दै पीडितको न्याय र उनीहरुले भोग्दै आएका सवाल सम्बोधनका लागी रोकारवाला निकाय गम्भीर बन्नु पर्नेमा टिजे नेटवर्क बाँकेको बैठकले जोड दिएको जनाएको छ ।


संक्रमणकालिन न्यायको क्षेत्रका कार्यरत बिभिन्न अधिकारवादी संघ सस्था र द्वन्द्वपीडित समेतको संलग्नतामा द्वन्द्व ब्यवस्थापन, दिगो शान्ति र द्वन्द्वपीडितको न्यायको सवालमा वकालत गर्ने उदेश्यले गठन गरिएको टिजे नेटवर्क बैठकमा बर्तमान कोरोना कहरले द्वन्द्वपीडितले भोगेका समस्या र उनीहरुको न्यायका बिषयमा छलफल गरिएको महिला कानून र बिकाश मञ्चका क्षेत्रीय संयोजक सुनील कुमार श्रेष्ठले जानकारी दिए । लकडाउन अवधीमा महिला हिंशाका घटना बढेको उल्लेख गर्दै श्रेष्ठले लकडाउनका कारण महिलाको प्रजनन स्वास्थ्यमा पारेको प्रभाव, हिंशा पीडित महिलाको न्यायका लागी मञ्चले वकालत गर्दै आएको बताएका थिए ।
नेटवर्कका तर्फबाट गरिएका कार्यहरुको बारेमा जानकारी दिदै नेटवर्क सदस्य अधिवक्ता वसन्त गौतमले लकडाउन अवधीमा द्वन्द्वपीडितहरुलाई परेका अप्ठेरो बारे जानकारी लिने, औषधी उपचारमा सहयोग गर्ने, कानूनी परामर्श दिने, राहतका लागि स्थानीय तहका पदाधिकारीसंग छलफल गर्ने, अन्य सहयोगी निकायसंग समन्वय गराई दिने, द्वन्द्वपीडितका सवाल सम्बोधनका लागी स्थानिय सरकार लगायतका सरोकारवाला निकायलाई ज्ञापन पत्र दिने लगायतका कार्य गरिएको जानकारी दिए ।


इन्टरनेशनल एलर्डका शोभा चौधरीले परियोजना अन्तरगत त्रैमासिक अवधीमा गरिएका कार्य, परिवेश बिश्लेषण, संक्रमणकालिन न्याय अन्तरगत नीति गत अवधारणपत्र, संक्रमणकालिन न्याय मेलमिलाप र द्वन्द्व न्यूनिकरण सम्बन्धी न्यायको प्रतिक्षा नामक रेडियो कार्यक्रम, द्वन्द्व पीडितको लागि मनोसामाजिक परामर्श लगायतका कार्य गरिएको जानकारी गराएका थिए ।


नेटवर्कको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, गैर सरकारी सस्था महासंघ बाँके अध्यक्ष नमस्कार शाह, नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बिकाश आचार्य, इन्सेक ५ नं प्रदेश संयोजक भोला महत, फातिमा फाउण्डेसनका कावा अध्यक्ष मैमुना सिद्धिकी, पत्रकार लक्ष्मी तिमिल्सेना, द्वन्द्वपीडितहरु उषा दाहाल, देवीसरा बिक, तेज कुमार पोखरेल, टिपियो नेपालका परामर्शकर्ता सपना शर्मा र इन्टरनेशनल एलर्डका शोभा चौधरीको सहभागिता रहको थियो ।


बैठकमा इन्सेकका ५ नं प्रदेश संयोजक भोला महतले कोरोना कहरका बिचमा पीडितहरुको सवाल सम्बोधनका लागी सरोकारवाला बिच भर्चुअलसम्बाद गर्नु उपयुक्त हुने बताएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारीले पीडितको न्यायका लागी राज्यका निकाय गंभिर बन्नु पर्नेमा जोड दिइन् । टिपियो नेपालका परामर्शकर्ता सपना शर्माले द्वन्द्वपीडितलाई मनोसामाजिक परामर्श र औषधी उपचारका लागि सहयोग गर्दै आएको बताउदै मनोसामाजिक परामर्शको लागि सम्पर्क गर्न आग्रह गरेकी थिइन ।


द्वन्द्वपीडितको उपचारका सहयोग गर्न अपिल :

टिजे संजाल बाँकेका सदस्य कोहलपुर नगरपालिका वडा नं ११ किद्वन्द्वपीडित देवीसरा बिक आफै बिगत १ बर्ष देखि बिरामी हुनु हुन्छ । आफै बिरामी परि औषधी उपचारमा समस्या भएको बेला १० बर्षे नाती समर बिक सख्त घाईते भई काठमाण्डौको एक अस्पतालमा उपचाररत रहेका छन् । कोहलपुरमा उपचार हुन नसके पछि ऋणधन गरेको हेलिकप्टरबाट समरलाई थप उपचारका लागी काठमाण्डौ लगिएको थियो ।


आर्थिक अभावमा उपचारमा समस्या परेकाले उपचारमा सरकार र सम्बन्धित निकायको ध्यान जानु पर्नेमा टिजे नेटवर्क बैठकले जोड दिएको छ । टिजे नेटवर्क बैठकमा द्वन्द्वपीडित देबीसरा बिकले रकम अभावमा नातीको स्वास्थ्य उपचारका समस्या परेकाले सहयोगको लागी सबैमा अनुरोध गरेकी छन् । उपचार गर्दा हालसम्म ९ लाखबढी खर्च भैसकेको र अहिले आर्थिक अभावमा उपचारमा निकै नै समस्या भएकाले सख्दो सहयोग गर्न बिकले अनुरोध गरेकि छन् ।
द्वन्द्वपीडितको न्यायको लागी वकालत गर्दै आउनु भएकी बेपत्ता परिवारकी सदस्य देवीसरा बिकटिजे संजाल बाँकेकी सदस्य र न्यायका लागी द्वन्द्वपीडित समाज बाँकेकी कोषाध्यक्ष पनि हुनुहुन्छ । निजको श्रीमान धन बहादुर बिकलाई गाउँका अन्य ४ युवासंगै मिति २०५९ साल बैशाख १३ गते रातीको ११ बजे घरैबाट पक्राउ गरि इप्रका कोहलुर बाँकेमा लगेकोमा हालसम्म निजको अवस्था बेपत्ताको स्थितिमा छ । बिगत एक बर्ष देखि सख्त बिरामी देवीसराले नियमित चेकजाँच र औषधी खाईरहनु पर्दछ । बिरामीको कारण निजको मुख सुनिएको छ ।


न्यायको लडाईमा जिवन बित्न लाग्यो, आफै बिरामीले थला परेको नाती बिरामी परेमा पीडा माथी पीडा थपियो । संबिधानले स्वास्थ्य उपचारको हक भनेको छ रे खै हामी निम्न आय भएका द्वन्द्वपीडितको स्वास्थ्य उपचारको हक कसले सहयोग गर्ने ? भन्ने प्रश्न राख्दै सहयोग गर्न सबैमा अपिल गरेकी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया