बाँकेमा बढ्दो लागुऔषधको कारोबार ! तीन बर्षमा ५ सय ३५ मुद्दा

बाँकेमा लागुऔषधको मुद्दा प्रत्येक बर्ष बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीको त्रिबर्षीय मुद्दाको तथ्यांक हेर्दा लागुऔषध सम्बन्धी मुद्दाको संख्या ह्वात्तै बढ्दै गएको हो । प्रहरीका अनुसार, बाँकेमा आ.व. २०७४/०७५ मा लागुऔषधका १ सय ३९ वटा मुद्दा दर्ता भएकोमा त्यसो संख्या आ.व. २०७५/०७६ मा बढेर १ सय ४७ पुगेको थियो । आ.व. २०७६/०७७ मा लागुऔषध सम्बन्धी मुद्दाको संख्या ह्वात्तै बढेर २ सय ४९ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाले जानकारी दिएको छ । प्रहरीले बाँकेमा लागुऔषधको समस्या बढ्दै गएपछि कारवाहीसँगै जनचेतनामूलक कार्यक्रमहरु समेत गर्दै आएको छ ।


असार १ गतेदेखि लकडाउन खुकुलो पारिएपछि जिल्लामा पुनः लागुऔषध कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले लागुऔषध विरुद्ध कारवाही गरी एक महिनामा ९ जना माथि मुद्दा लगाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, असार ५ देखि साउन ११ गतेसम्म ७ जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई मुद्दा लगाइएको हो ।
प्रहरीले असार ५ देखि साउन ११ गतेसम्म २४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिएको छ । त्यस्तै, ७६ सिसि कोरेक्स, ४ किलो १ सय ७४ ग्राम अफिम पनि प्रहरीले बरामद गर्न सफल भएको छ ।


प्रहरीले एक महिनाको अवधीमा ४४ जनालाई लागुऔषध सेवन गरेको भन्दै पक्राउ गरेको छ । रातीको समयमा गाँजा सेवन गर्ने, मापसे गरी होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

ब्राउनसुगर सहित दुई पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकाबाट एक जनालाई प्रहरीले १ ग्राम ६६५ ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, बुधबार राती ९ बजेतिर इप्रका बनकटुवाबाट गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचका क्रममा दुई जनालाई ब्राउन सुगर सहित फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाँउपालिका वडा नं ३ बैरहवा बस्ने आशिष थारु र राहुल गुप्तालाई ब्राउन सुगर सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया