कोरोनाः थप २७४ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको छ । बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

त्यसक्रममा बाँकेमा २७ जना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा कोरोना फैलिएको आशंकामा शनिवार मध्यरातबाट नेपालगन्जमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला कोभिड म्यानेजमेन्ट कमिटिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् । देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन्। त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया