नायकलाई नसम्झी अहिलेको अवस्था बुझ्न सकिँदैन । आखिर मन्दिर, मस्जिद र तराजुमै झुम्मिने पहिलाको नेपालगन्जिया समाज हो । लखनउ मोडलको शुब्वापध्मनाथको डिजायनमा बनेको नेपालगन्जमा चेतनाको लहर कसरी फैलियो ? एउटा बनिया बस्ती क्रान्तिको केन्द्र कसरी बन्यो ? किन सवै मान्छे राजासाहव, बाबुसाहव, साहुजी, जिम्दारपटवारीकै खटनपटनमा हाकिएनन्ँ ? किन किसान विद्रोहले तर्सिएका ठालूहरुले जिम्दार संगठन खोले भारतीय सेना निम्त्याए ? ‘विद्रोही खोज्दछ आँधी मानौँ त्यहाँ शान्त छ’ सोच कसरी पलायो ? परिवर्तनको मूल्य त तिर्नु पर्छ नै, विद्रोहीहरुले के कसरी तिरे ? के यो अवस्था सित्तैमा आएको हो ?


राजनीति इतिहास पथ भएर गुज्रिन्छ । इतिहासको पक्षधारितामा नायकका यदि उत्तराधिकारी र भाष्यकार भएनन् भने चिहानमा पुरेर विर्साउने खेल पनि खेलिन्छन् । साहित्य, कला र राजनीतिका आ–आप्mनै क्षेत्रगत नायक/नायिका हुन्छन्, शक्ति र शासनले मात्रै उनको महत्व गनिदैन्् । भुँइ मान्छेका कथा ब्यथा र भूमिकाका लिखतमा कमै दरिन्छ दरिँदैन् । यस लेखमा नेपालगञ्जियाका मस्तिकमा पहिलो चेतनाको राँको झोस्ने नायकहरुवारे छोटकरीमै भएपनि चर्चा गर्नु हो ।

आज म ५ जनानायकको चर्चा गर्नेछु ।


१) योगेश्वर मिश्रा
२) बाबुकृष्ण सर्मा
३) कुवर कल्लु सिंह
४) रुप सिंह सिजापति
५) मुलायम वेहना ।


बाबुकृष्ण र महेन्द्र

१) कुनै पनि शहरको वौद्धिक स्तरको मापन त्यहाँका पुस्तकालय, स्थानीय पत्रिका र पुस्तक पसल नियालिन्छ । वैद्य योगेश्वर मिश्र (गोसाँई गाँउ) उच्चकोटीका विद्धान, आयुरवेदका ज्ञाता, वैद्य र राजनीतिक चेतका अग्रणी थिए । राष्ट्रिय काग्रेससंग आवद्ध । उनको तिक्ष्णबुद्धि र कौषल विद्रोहीको नेतृत्व नबनोस् भन्ने सत्ता सचेत थियो । उनको क्षमतालाई राणाले दवाउनु भन्दा प्रलोभनमा गाँैडाको अडिटर बनाइए । ०७ सालको परिवर्तनपछि शिक्षा (नारायणी र सरस्वती) पत्रकारिता (मात्रीभूमि), पुस्तकालय (प्रेमपुस्तकालय, महेन्द्रपुस्तकालय) सक्रिय भए । प्रथम प्रहरमा बिद्रोही चेतनाको श्रीगणेश बैद्यजीबाटै भयो ।


२) विचारलाई भूमिकामा फेर्दै संगठित शक्तिको अगुवाई श्रेय बाबुकृष्ण शर्मालाई जान्छ । सशस्त्र क्रान्तिवारे डा. डिल्लीरमण रेग्मीसंग वैचारिक भिन्नताले उनी प्रजातान्त्रिक कग्रेसमा आवद्ध भए । उनकै सक्रियतामा सुभाषचन्द वोषको आजाद हिन्द सेनाका योद्दा ठाकुर पुरणसिह खवास, दीलमानसिह थापालाई नेपाली क्रान्तिमा जोड्दै जनमुक्ति सेना बनाउन महेन्द्रविक्रम शाह, सुर्यप्रसाद उपाध्याय, सुवर्ण शमशेरको सम्र्पकमा पु¥याए । प्रजातान्त्रिक काग्रेसका संगठक थिए । मुगा ब्यापारी धनेश्वर शर्माका नाममा गगनगञ्जमा डेरा थियो । क्रान्तिकारीहरुको गरम दल र नरम दल बनाए । रुपेडिया असर्फी साहको घरमा दशरथचन्द आश्रम खोलियो । नानपारामा आश्रय लिएका जिम्दार संगठनले कम्युनिष्ट हाउगुजी देखाएर दवावमा स्वतन्त्रतापछिको भारतीय सत्ताले ०७ सालमा एकैपटक राजापुरदेखि कटकुइयासम्म शैन्य आक्रमण ग¥यो । पिडारीका बैजनाथथारु, उचुवाकादुलारे पण्डित, धम्बझीका राजाराम कुर्मी मारिए । सयौँ राजनीतिक र किसान कार्यकर्ता गिरप्mतार भए । अगुवा बाबुकृष्ण शर्मा, गोपालबहादुर श्रेष्ठ (लम्बु गोपाल), ललितचन्द, बदलुराम नेपाली रडाक्टर प्रेमलाललाई (राजापुर) ६ महिना बहराइच जेलमा राखेर रक्सौलमा नेपाल सरकारलाई हस्तान्तरण गरियो । नयाँ सत्तासंगै उनी बिरक्तिए । १७ सालपछि प्रवासकालमा राजा महेन्द्रले लालचदिँदा पनि दिल्लीबाट फर्केनन् ।


३) मंगलप्रसाद मावीका शिक्षक कँुवर कल्लु सिह, बाबुकृष्ण (गुरुजी) संगतमा पुगेपछि सक्रिय क्रान्तिकारी बने । गोप्यथलो घघडानआश्रम (गगनगञ्ज, बिडी फयाक्ट्री भएको घर) थियो । कुँवरजी नेपाली काँग्रेसको सयुक्त माहाधिवेशनको तराईबाट निर्वाचित कपिलवस्तुका दयाशंकर मुन्सी (गुप्ता) संगैका केन्द्रीय सदस्य हुन् । उनी कट्टर समाजवादी थिए । जनकपुर माहाधिवेशनमा (जेठ १०–१३,२००९) कम्युनिष्ट भनेर गिरप्mतार गरियो । काग्रेसबाट मोहभंग भएका कुँवरको टिबी लागेर १३ सालमा मृत्यु भयो । उनको अप्रकाशित डायरीमा (गणेश कर्माचार्यबाट प्राप्त, लेखकसंग सुरक्षित छ) । यसमा पश्चिमको राजनीतिक, वर्गविश्लेण र ०७ साल पेरीफेरीका घटना उल्लेख छन् ।


४) कमाण्डर रुपसिह सिजापति (गणेशपुर, भाद्र १३, १९८४–असार ४, २०४९) सुदुरपश्चिमको लोककथा र गितमा चर्चित सिजापति भीमदत्त पन्तका पनि कमाण्डर हुँन् । पन्तले नै उनको विवाहा डडेलधुराकी हरिप्रया थापासंग १९ तोपको बढाँइदिएर गराईदिए । उनको वैचारिक पहिलो गुरुमा वाबुकृष्ण भएतापनि उनी र पन्तले कम्युनिष्ट प्रशिक्षण भने ब्रमदेव मन्डीमा कृष्णसंकर अयंगरसंग पाए । अयंगर तेलगाना विद्रोह असफल भएपछि भूमिगत बस्न टनकपुर नजिकको ब्रमदेव आएका थिए । मोर्चावाट फर्किएपछि सिजापतिले बाँकेमा पहिलो कम्युनिष्ट पार्टी गठन गरे । १५ सालको संसदिय चुनावमा पार्टीको उम्मेदवार बने । १७ सालको महेन्द्र कुमा गिरप्mतार परेका उनी आत्मा सर्मपणको कागज नगरी अढाईवर्षपछि छुटने एकमात्र नेता भनेर तत्कालीन बाँके प्रहरी प्रमुख श्याम तामांंगको भनाई छ ।


५) होलियाको सन्तलियामा जन्मेका मुलायम बेहना जिम्दारको तौलाबाट किसान नेता बने । अहिलेपनि उनको शरीर त्यही मजारमा (चिहान) चिरनिन्द्रामा छ । विर्तावाल, जिम्दारका आतंक बनेका बेहनाको नेतृत्वमा लोकाभार आन्दोलन चल्यो । समस्या समाधान गर्न २००३ सालमा ब्रम्ह शमशेर आयोग त्यहाँ पुग्यो । राधाकृष्ण थारु त्यसै आन्दोलनका एक हस्ती हुँन् । उनी बाबुकृष्ण शर्माका किसान–हात थिए । जीवनर्पयन्त सकृय किसान नेता वेहना रुपसिह सिजापतिका अनुसार उनी कम्युनिष्ट पार्टीमा थिए भने साहित्यकार एवं नेपाली काग्रेसका नेता सनत रेग्मीले जेलमा भेट्दा बेहना काग्रेसी थिए, भनाई छ ।


(नोटः ०७ देखिको प्रजातान्त्रिक आन्दोलनमा पश्चिम नेपालको भूमिका खासै उल्लेख नहुँनु पछाडि पूर्वीक्षेत्रको कमिसार बीपी कोईराला र गण्डक पश्चिमको महेन्द्र विक्रम शाह हुनु हो । राष्ट्रिय कग्रेसले प्रजातान्त्रिक काँग्रेसलाई पचाईदिनु र इतिहासकारले पनि शक्तिगाथाको सौन्र्दयकरण गर्दा हो ।)

प्रतिक्रिया

प्रतिक्रिया