कर्मचारीमा कोरोना देखिएपछि जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केही दिनका लागि ती कार्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालय नेपालगन्ज केही दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सोमबार भएको सेन्टरको बैठकले पालिकाहरुलाई २५ बेडको आइसोलेसन र क्वारेन्टाइन तयार अवस्थामा राखि राख्न आग्रह पनि गरेको छ ।








